Posted by: ThahaChaena November 10, 2014
चौतारो कुरी बसेथ्यो
Login in to Rate this Post:     4       ?         Liked by
हराएको थाने येस्सो कोइ छन कि भनि चियाउँथ्यो
चौतारीमा झुन्डिएको एना हेरेर
मुसुक्क मुस्क्काउँथ्यो
मस्किन्थ्यो थोरै
थोरै खुसि हुन्थ्यो देखेर आफैलाई
कसैले देखेछन् कि
आँखाको कुनोबाट सुटुक्क
संसार चियाउँथ्यो
थाहा पाएर छैन हेरेका
भन्ने निराश आफूमै हराउँथ्यो
फेरी उँभोबाट कोइ झर्छन कि
कतै उँधोबाट कोइ चड्छन कि
घरि घरि आँखा डुलाउँथ्यो
नदेखेर कोहि
रुझेका सम्झनाहरु
कलेटी परेका बर्तमानमा सजाउँथ्यो
चर्कंदो घाममा सुकेका पतिङ्गर
उड्थ्यो यता उता
लाग्थ्यो बताससंगै गित गाइ
झुम्दैछन् लिप्तछन् एकअर्कामा रुखको वरीपरि
बिना लाज अरुको, प्रेमालापमा मग्न छन्
छि कस्तो नकचरो
भनेर चौतारीमा लडेको यो थानेलाइ भन्दछन् ति
वर सुसाउँथ्यो पिपल उसलाई रिझाउँथ्यो
तेही शितलतामा थाने यो
शान्तानु गंगाको नैनीतालमा डुबे झैं
भित्र भित्र डुबेथ्यो
खै त अझै सकिएन तेरो कुराई
आउंदैनन जा अब
भन्दै चौतारी सुस्तसुस्त उक्साउँथ्यो
तातो उक्साहटमा उक्सिने रगत
तेसै तेसै बलेकोथ्यो
तर पनि बुद्धको चौतारी सम्झेर
चिसो चुलो चिसो पेट चिसो जीवन
संगै कुरी बसेकोथ्यो
भोलि त अवस्य आउँछ
आशा को दाउरा जलाई
बर्तमानलाइ न्यानो तातो बनाई
चौतारो कुरी बसेथ्यो
चौतारो कुरी बसेथ्यो ....

- थाने
( missing all in चौतारी )
Read Full Discussion Thread for this article