Posted by: rachamas November 5, 2014
नेपाली समुदायहरुमा बिकृति आउन थालेको छ
Login in to Rate this Post:     3       ?         Liked by
आजकाल बिदेशमा बस्ने नेपाली समाज संगठनहरुमा ५ - १० जना भेला भै एक अर्कालाई वाह वाह गरि एक अर्कालाई सम्मान गरि कहिले अर्कोले आफुलाई कहिले आफुले अर्कोलाई - येस्तै गरेर उत्तर अमेरिकामा भएका नेपाली संगठनका सदस्यहरु येस्तै बिकृतिमा लागेका हुनाले आजभोलि सामुहिक भोजहरुमा सार्बजनिक नेपालीहरुको संलग्नता र सहभागिता पनि कम हुदै आएको देखिएको छ |

सार्बजनिक कार्यक्रमहरु हुँदा तिस देखि पचास सदस्यसम्म एक एक जनालाई मंचमा बोलाएर सम्मान गरि अनि घन्टौ भाषण गरेर कार्यक्रममा आउने सबैलाई दिक्क पार्नु नै कार्यक्रमको प्रचलित परम्परा हुन थालिसकेको छ | यसै भएर पनि येस्ता कार्येक्रमहरुमा नया नया मुख मात्र देखिन थालेका छन् | पुराना सहभागीहरु आजभोलि बिरलै येस्ता कार्येक्रमहरुमा पुगेका छन् |

येस्माथि झन् नयाँ पुस्तालाइ त येस्ता कार्येक्रमबाट अनि आफ्नो समाजबाट ताडिने भन्दा अरु केहि विकल्प नै रहेन | को नै आउँछन् र एउटा एक्सक्लुसिभ ग्रुपको आफ्नो तान्डब हेर्न | त्येसैले उपरोक्त निकायेहरुले एस बिशयेमा छिट्टै ध्यान पुराउन नसकेमा बिदेशमा बसेका संगठन / समाजहरुमा बिकृतिहरु छिट्टै फैलिने छरपस्ट देखिएको छ |


Last edited: 06-Nov-14 06:04 AM
Read Full Discussion Thread for this article