Posted by: cybernepali November 4, 2014
पारसले भने म बेवकुफ छैन, गर्लफ्रेण्डको भाइले पक्रायो
Login in to Rate this Post:     0       ?        

१८ कात्तिक, काठमाडौं ।

लागु औषधसहित पक्राउ परेपछि थाइ प्रहरीको हिरासतमा परेका पारस साहले छुटेपछि नयाँ तस्विर र फेसबुक स्टेटस सार्वजनिक गरेका छन् । उनले लेखेको पछिल्लो स्टेटसमा पूर्व युवराज पारस साहले आफूलाई फसाइएको र आफू बेबकुफ नभएको दावी गरेका छन् । फेसबुकमा उनले आफूलाई फसाएर पक्राउ गरिएको र आफूसँग फसाइएका प्रमाण रहेको समेत दावी गरेका छन् ।

Paras-shah selfie

 

आफू नेपाल आउन सोंचेपनि आउन नसकेको बताएका पारसले बाबुलाई हृदयघात हुँदा नेपाल आउनै लागेको समेत भनेका छन् ।

 

आफूलाई फसाइएपनि मुद्धा लड्दा आफूलाई खतरा हुने चेतावनी वकिलले दिएका कारण मुद्धा नलडेको समेत पारसले बताएका छन् ।

 

अक्टोबर ७ देखि ८ सम्म २ दिन सम्म आफ्नो प्रेमिकासँग झगडा भएको खुलासा गर्दै उनले गर्लफ्रेण्डकै भाइले आफूलाई पक्राएको दावी गरेका छन् ।

 

उनले अन्त्यमा भनेका छन्ः 'म पनि वेवकुफ छैन । मेरो परिवारको नाम र मुलुकको नामका लागि यो खेल खेल्न र जीवनसँग जुवा खेल्न मसँग मुटु छ ।'

 

पारस साहले फेसबुकमा सेल्फी अर्थात आफैले खिचेको तस्विर पोष्ट पनि गरेका छन् ।

 

पारस साह कुनै हसाउँने कलाकार जस्तो कपडा बाँधेर हाँसिरहेका देखिन्छन् । पारस साह पक्राउ परेपछि उनको तस्विरको विषयलाई लिएर विवाद भएपनि पारसमा आएको शारीरिक र अनुहारको परिवर्तन प्रष्ट देखिन्छ ।

 

पारस पक्राउ गरेपछि उनी नभएको भन्दै कतिपयले निक्कै चर्को विवाद गरेका थिए ।

- See more at: http://nepaliheadlines.com/2014-11-04-07-47-50.html#sthash.ORSXA5t8.dpuf

Source http://nepaliheadlines.com/2014-11-04-07-47-50.html
Read Full Discussion Thread for this article