Posted by: nepalilaure October 23, 2014
रङ्गोली नेपालको आफ्नै सँस्कृती हो कि आयतित हो?
Login in to Rate this Post:     0       ?        
आइते ब्रो,
रुदै छु भन्दै किन हासेको ? :) | अनि ब्रो को 'हेर्नुस' भन्ने थेगो छ जस्तो लाग्यो | ठट्टा गरेको मात्रै है |

अनि देउसी भैलो को नाममा जबर्जस्ति गरे पछि त ढोकाबाट पैसा फाल्न परेन त ? एस्तो कुरालाई तपैले भन्न खोजेको मूल बिसयेलाई नाजोद्नुस न | लक्ष्मीको पाइला बनाएको पनि याद होला नि , सायद त्यो पाइला बनाउने क्रम बढ्दै बढ्दै गएर रंगोली बनौन थालेका हुन् कि , लक्ष्मीलाई अझै बढी खुसि पार्न |

छोटो समयलाई हेर्दा कतै bolloywood फिलिम ले नेपाली संस्कृति ढाके जस्तो देखिएपनि culture भन्ने कुरो सबै ठाउँमा changing भै राखेको छ | भारतमै पनि फिलिम टेली-फिलिम जस्तै सबै ले गर्दैनन् , अनि नक्कल गर्नेले त्यहाँ पनि गर्छन यहाँ पनि गर्छन | हाम्रै हजुरबा , हजुर आमा सानो हुदा कसरि तिहार मनाउथे, वा तिनका बा-आमा ले कसरि मनाउथे भनेर खोज्दै गयो भने अनौठो ठाउमा पुगिन्छ | मास्टा पुजा गर्ने हरुले त पक्कै पनि भाईटिका गर्थेनन होला | आफ्नो मौलिक अस्तिव खोज्न तेती टाडा जानु कुनै ठुलो कुरा होइन , गारो पनि छैन | तर कसैले गर्ने वाला छैन त्यो किनकि सबैले सजिलो बाटो रोज्छ |

मैले भन्ने खोजेको मौलिकताको नाममा अहिलेको सबै त्यागेर पुरानैमा फर्कन पर्छ भनेको होइन है | तर हामी एस्तो एस्तो थियोउ , एस्तो एस्तो भयो अनि अहिले एस्तो छौ भनेर युवा पुस्तालाई बुझाउनु पर्छ , आफ्नो जरो नबिर्सने तेसरिनै हो | तर यहाँ त 'म खाट्टी ...., म खाट्टी ....., हाम्रो चै कसै संग पनि cross breed भएकै थिएन ' भनेर मक्ख पर्ने मान्छे धेरै छन् |
Last edited: 23-Oct-14 01:59 PM
Read Full Discussion Thread for this article