Posted by: aaitey October 23, 2014
रङ्गोली नेपालको आफ्नै सँस्कृती हो कि आयतित हो?
Login in to Rate this Post:     0       ?        
मलाई चाँहि हजुरआमा आमाहरुले, कपासको बत्ति कातेर, दिनभरी तोरीको तेलमा भिजाएर, बेलुकी केराको थम्बा लाई दियो झै कातेर यमपञ्चकमा दिपावली गरेको चाँहि याद छ, तर यो रङ्गोली छाएको देख्दा अचम्म लागेर सोध्या मात्र हो।

म सानो हुदाँ भैली र देउसी निश्चित दिनमा मात्र खेल्दथे, यदी घरमा देउसी खेल्न आएनन भने आफैलाई अपमानित महसुस हुन्थे, देउसी खेल्नेहरु आशीस दिन आएनन भनेर दु:ख लाग्थ्यो, देउसी खेल्न आउनेलाई ढोकैमा पैसा फ्याँकेर नखेल भन्या पनि याद छैन।

सँस्कृतीको सम्बर्दन गर्नु पर्छ, आफ्नै राम्रो सँस्कृतीलाई बचाउन नसक्ने, देउसी खेल्न आउनेले पैसा लिन आए भनेर आँखा तरेर हेर्ने तर रङ्गोली बनाएर लक्ष्मी भित्राउन खोज्ने प्रवृती मात्रै मलाई पचाउन गाह्रो भएको हो।

हजुरहरु सबैलाई यमपञ्चकको शुभकामना दिन्छु, आफ्नो त निधार खाली भएको ७ बर्ष भयो :)

सानोमा मेरी बहिनी नजन्मेको बेला, आफ्नै बहिनी चाहिन्छ भनेर फुपुको हातबाट टिका लगाउन नमान्ने म, आजभोली बहिनी उता म यता निधार खालि भएको छ, मन धुरुरु रुन्छ हेर्नुस।

अनि यहाँ दिदी बहिनी बनाएर टिका लगाउन पनि मन लाग्दैन कम्ता दु:ख लाग्छ हेर्नुस।
Read Full Discussion Thread for this article