Posted by: adhikari_bandhu October 18, 2014
मह जात्रा हेरे पछि....(Was it worth $40 ?)..
Login in to Rate this Post:     0       ?        
हिजो बेलुकी बहुचर्चित हास्य कलाकार द्वय मदन कृष्ण र हरि बंश लगायत अन्य कलाकार हरुको कार्यक्रम मह जात्रा हेर्ने अवसर पाइयो/ उद्घोषक महोदयले शुरु देखिनै यो कार्यक्रम रोचक र स्मरणीय हुने बताए पनि एकाध प्रस्तुति बाहेक कार्यक्रम ज्यादै खल्लो लाग्यो / मदन कृष्ण र हरिबंश को राष्ट्रिय गान प्रशंशनिय मान्नै पर्छ.तर वहाहरुकै त्यसपछिको 'नेवार बहादुर र बाहुन बहादुर' नामक प्रस्तुति भने बेकार कै थियो / यो शायद वहाहरुले आजसम्म देखाउनु भएको कार्यक्रम मध्येकै निरस होला भन्ने अड्कल छ मेरो / समयकालिन परिस्थिति अनुसार आफुलाई ढालेर समय-सान्दर्भिक प्रसङ्ग माथि को व्यंगात्मक प्रस्तुतिको अपेक्षा गरि उपस्थित भएका दर्शक सामु उही पुरानो जात र भात लाई समेटिएको बिषयमा देखाइएको यो नाटक बिल्कुलै मनोरन्जनात्मक थिएन भन्दा अनुपयुक्त नहोला / बिषयगत गहनता भन्दा पनि शारीरिक हाउभाउ ले दर्शकलाई जबर्जस्ति हसाउन खोजेको आभाष हुन्थ्यो /जात-भात, छुवा-छूत विरुद्द का यस्ता संदेश मूलक नाटक हरु स्कुलका बिद्यार्थी हरुलाई लक्षित गरि प्रस्तुत गर्दा बढी प्रभावकारी होला जस्तो लाग्छ / त सबैको आ-आफ्नै टेस्ट हुन्छ तर वहा हरुको ' हामीले जे गरे पनि दर्शक अवश्य हास्छन' भन्ने प्रवृतिलाई अलिकति वहाहरुले आफै गम्भीर मनन गर्नु पर्ने बेला आए जस्तो छ / बरु किरण केसी र शिवहरि पौड्याल को सबै प्रस्तुतिहरु समय सापेक्ष र मनोरंजनात्मत्मक थियो / यमन श्रेष्ठ ले पनि गायन मार्फत दर्शक हरुलाई राम्रै मनोरंजन दिनु भयो / हल दर्शकहरुले खचाखच भरिए पनि कार्यक्रम चालिस डलर को टिकट काटेर हेर्ने स्तरको थियो र भन्ने खुल्दुली मनमा लागि रह्यो......
पुनश्च: यो मेरो नितान्त व्यक्तिगत बिचार हो / सबैले कार्यक्रम लाई रुचाएनन भन्ने मेरो भनाइ होइन/ अस्तु....
Read Full Discussion Thread for this article