Posted by: ashishme October 18, 2014
नेपालमाथी आक्रमण गर्न सक्नेहरुलाई उल्टै दोहोरो नागरिकता दिने?
Login in to Rate this Post:     0       ?        
मधेसीले एउटा नागरिकता नपाउने, एनआरएनलाई दुईटा चाहिने ?
-ध्रुवहरि अधिकारी





परराष्ट्रका एक अधिकारीले अनौपचारिक कुराकानीका क्रममा भनेका थिए, एनआरएन भनेका ‘नन रेसिडेन्टल नेपाली’ होइनन् ‘भर पर्ननालायक नेपाली’ हुन् ।

एनआरएनका नाममा एक हुल मान्छे दसैं तिहारको मौका पारेर नेपाल आउँछन् । सरकारी खर्चमा बैठक गर्छन् र चाड मनाएर फेरि विदेश फर्कन्छन् । यस्तो समुदाय सानो छ । त्यो सानो समुदायले नेपालको नागरिकता त्यागिसकेको छ । विदेशी पासपोर्ट र नागरिकता लिएको छ । एनआरएनले दाबी गरेजस्तो विदेशी पासपोर्टधारी नेपाली मुलका मानिस लाखौं र हजारौं होइन सयौंको संख्यामा छन् । एनआरएनका टाउकेहरु मलेसिया र खाडी मुलुकमा हरेका नेपालीका लागि पनि हामी लडिरहेका छौं भन्छन् । तर ती मुलुकमा जानेको एउटै मात्र पासपोर्ट र नागरिकता छ । उनीहरुलाई दोहोरो नागरिकताको जरुरी नै छैन

एनआरएनका नाममा धन्धा गर्नेहरु नेपाल आएका बेला सुट टाई लगाएर प्रधानमन्त्री, मन्त्री, सभामुख र राज्यका नीति निर्माण तहमा बस्ने ‘ठूल चर्चावाल मान्छे भेट्छन् ।  प्रभावमा पार्न गच्छेले सकेको ‘कोसेली’ टक्र्याउँछन् । तदनुसार आफ्नो सानो समुदायलाई फाइदा हुने गरी नेपालको ऐन, कानुन, नीति बनाउन लगाउने गर्छन् ।

किन चाहियो दोहोरो नागरिकता ?

विदेशी नागरिकताबाहक नेपालीलाई एकैचोटि दुईवटा देशको नागरिकता कायम राख्ने हो भने नेपालले धान्नै सक्दैन । अरु कुराको अतिरिक्त भारतमा पनि दार्जिलिङ, सिक्किम, मेघालय र आसाममा रहेका नेपालीले दोहोरो नागरिकता मागे भने के हुन्छ ? ७०/८० लाख उताका नागरिकताधारी नेपालीले यता नागरिकता पाए भने नेपालको अवस्था के होला ? दोहोरो नागरिकता दिन्छु भन्ने र माग्ने दुवैले यो कुरा सोचेका छन् जस्तो लाग्दैन । अर्को पाटोबाट हेर्ने हो दक्षिण एसियामा बसेकालाई दोहोरो नागरिकता नदिने रे । यो ठाडै भेदभाव भयो । के अमेरिका, बेलायत, युरोप, जापान र अष्ट्रेलियामा बस्ने बाहेक अरु गैरआवासीय नेपाली होइनन् ?

अमेरिकाले नेपालमा आक्रमण गर्‍यो भने ?

अमेरिकामा पनि धेरै संख्यामा गैरआवासीय नेपाली छन् । अमेरिकाको ग्रिनकार्ड लिने बेलामा अमेरिकाको संविधानको रक्षा गर्छु । आवश्यक पर्‍यो भने अमेरिकाको पक्षमा हतियार उठाउँछु भनेर कबुल गरेको हुन्छ । काल्पनिक नै सही तर भोलि कुनै दिन नेपाल र अमेरिकाबीच लडाईं भयो भने दोहोरो नागरिकताधारी एनआरएनले कसको पक्षमा र कसको विपक्षमा हतियार उठाउने ? दोहोरो नागरिकता माग्ने र दिनेले पहिला यसबारे प्रष्ट पार्नु पर्छ कि पर्दैन ? एउटी महिलाका एकैसाथ दुई श्रीमान हुन सक्छन् ? हुन सक्छन् तर पहिलोसँग सम्बन्ध विच्छेद भएको हुनुपर्छ ।

कसैलाई एउटा छैन, कसैलाई दुईवटा ?

मधेसमा लामो समयदेखि नागरिकता विवाद छ । एउटा पक्षले नागरिकता नपाएको गुनासो गरेको वर्षौं भइसक्यो । कसैले एउटा नागरिकता नपाएको अवस्थामा कसैलाई दुईवटा नागरिकता किन चाहियो ? यो त नेपाली उखान ‘चिची पनि पापा पनि’ भनेजस्तै भयो । नेपालको कानुनले उताको नागरिकता त्यागेर आउनेलाई नागरिकता नदिने भनेको छैन । यो कुनै न्यायोचित कुरा होइन । केही वर्ष उता बस्नु, पैसा कमाउनु अनि आउन मन लागे उताको नागरिकता त्यागेर यता आए भइहाल्छ नि किन चाहियो दोहोरो नागरिकता ?

नेपालमा एनआरएनले के गरेको छ ?

एनआरएनहरुमा नेपाललाई कर तिर्न नचाहने प्रवृत्ति छ । बरु नेपालमा लगानी गरेर कमाएको पैसा उतै लान चाहने सोच देखिएको छ । नेपाली मुलको भएकाले लगानी गरेर कमाएको नाफा उतै लैजाऔं भन्ने भावना भएका मानिस छन् । एनआरएन अध्यक्ष शेष घलेले नेपालमा ८ अर्बको लगानीमा होटल खोल्ने कुरा गरेका छन् । नेपालीले रोजगारी पनि पाउँछन् । यो स्वागतयोग्य कुरा हो । तर उनले पनि कमाएको पैसा उतै लाने कुरा गरेका छन्

एनआरएनभन्दा खाडीका नेपालीको योगदान धेरै

खाडी र मेलेसियामा गएका नेपालीको मुलुकको लागि ठूलो योगदान छ । उनीहरुले पठाएको रेमिट्यान्सले मुलुक चलेको छ । एनआरएनका नाममा टाई लगाएर आउने सुकिला–मुकिलाको केही योगदान छैन । खाडीमा रहेका नेपाली जसको मुलुकका लागि योगदान पनि छ । उनीहरुलाई दोहोरो नागरिकता चाहिएको छैन । तिनलाई एनआरएनबारे थाहा पनि छैन । २४ घण्टामा चार घण्टा सुतेर बाँकी समय मरुभूमिमा काम गर्नुपर्नेहरुका लागि दोहोरो नागरिकताको कुनै जरुरी छैन । उनीहरु निर्धारित समयका लागि जान्छन् र  भिसा सकएिपछि एक दिन पनि बस्न पाउँदैनन् । एनआरएनहरु ती देशमा रहेकाहरुका लागि पनि  लडेको बताउँछन् ।

मुलुकलाई धोका दिनेहरु एनआरएन ?

जो मानिसहरु अहिले गैरआवासीय नेपाली संघको नेतृत्व गरिरहेका छन् । उनीहरु राज्यको छात्रवृत्ति कोटामा पढ्न गएका हुन् । राज्यले छात्रवृत्तिमा पढ्न पठाउनुको अर्थ विदेशमा डाक्टर इन्जिनियर पढेपछि स्वदेश फर्कियोस् र मुलुकको सेवा गरोस् भन्ने हो । नेपालले छात्रवृत्तिमा पढ्न पठाएकाहरु कबुलियतथअनुसार नेपाल फर्केर देशको सेवा गर्नुपर्ने हो ।तर मुलुकप्रति बेइमानी गरेर उतै बसेर बनाएको हैसियतका आधारमा यता आएर थर्काउने गरेका छन् । एनआरएन संस्थापक उपेन्द्र महतो सोभयितसंघ हुँदैमा पढ्न गएका हुन् । उतै बसे र पैसा कमाए । घरखेत बेचेरै गएको भए पनि उतै कमाउँछु र उन्नति प्रगति गर्छु भनेर गएको हो । प्रधानमन्त्री सुशील कोइरालाले समेत नेपालमा धामाधम लगानी गर्नुस् दोहोरो नागरिकता दिऔंला भनेछन् । उनले किन त्यसो भने ? आफूलाई वा पार्टीलाई चन्दा दिएकाले भनेको भए ठीकै होला ।

नेपाल आउन कसले रोक्छ र ?

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन कसैले छेक्दैन । नेपाल आउन पाइएन, लगानी गर्न पाइएन भन्ने तर्कमा कुनै दम छैन । नेपालको कानुन यति सजिलो छ कि बेलायती मुलुकको नागरिक नेपाल आयो भने एयरपोर्टमै भिसा लाग्छ । आउनु त्यसै गरी भिसा लिनु बस्नु । स्पेनमा नेपाली कटक मल्ल छन् । उनी हरेक पटक नेपाल आउँदा पैसा तिरेर भिसा लिन्छन् । उनले कसैलाई झुक्याएका छैनन् । सबैले त्यसै गरे भयो । नेपालसँग भावनात्मक सम्बन्ध छ भन्ने दाबी गर्नेले राज्यलाई दुई चार पैसा तिर्दैमा के फरक पर्छ र कर छल्न दोहोरो नागरिकताको कुरा गर्ने वा आफू नेपाली नै हो भनेर छल्ने ?

यसो गर्न सकिन्छ

अहिलेकै कानुनी व्यवस्थाले नेपाली मुलुको विदेशी भन्ने प्रणमापत्र दिने ग्यारेण्टी गरेको छ । आफ्नो विवरण खुलाएर फाराम भरे कार्ड पाइन्छ । त्यो कार्डले नेपालमा जतिबेला आए पनि गए पनि मिल्छ । त्यो कार्ड देखाएपछि भिसा चाहिंदैन । पैसा पनि लाग्दैन । १० वर्षसम्म दर्जनौंपटक ओहोरदोहोर गर्न मिल्छ । १० वर्षपछि फेरि कार्ड नवीकरण गर्न मिल्छ । त्यसका लागि केही पैसा लाग्छ । यो कुरा एनआरएन वा नेपालका नेताले थाहा नपाएका होइनन् । राज्यलाई त्यही पैसा नतिर्न दोहोरो नागरिकताको कुरा उठाइएको हो । अमेरिका, बेलायत, अष्ट्रेलिया बस्ने अनि ५ सय डलर दिन नसक्ने ? मेरो तर्फबाट पनि राज्यलाई राजश्वा तिरें भनेर खुसी हुनुपर्ने हो । तर पैसा तिर्नुपर्छ भनेर चुकुचुकाउने अनि उनैलाई राज्यले किन संरक्षण गर्ने ? दोहोरो नागरिकताभन्दा नेपाली मुलुकको व्यक्ति भन्ने प्रमाणपत्र लिने र त्यसले दिएका सुविधा उपयोग गर्ने परिपाटी बसाल्नु राम्रो हुन्छ ।

मागमा कुनै तर्क छैन

दोहोरो नागरिकता माग्नेसँग कुुनै तर्क छैन । खाली एचोटिको नेपाली सधैंको नेपाली हुन पाउनुपर्छ भन्छन् । कसले हुन पाउँदैन भनेको छ र ? दोहोरो नागरिकता पाउनुपर्‍यो भन्ने मागमा विरोध भएपछि अहिले नेपाली नागरिकताको निरन्तरताको कुरा गरेका छन् । नेपालसँग भावनात्मक सम्बन्ध छ । छोरा नाति उतै हुर्के नेपाल चिनाउनु पर्‍यो भन्छन्,  संसारभरका मान्छे नेपाल आउन पाएका छन् । नेपाली मुलकालाई त यो सुविधा छँदैछ


http://kathmandutoday.com/2014/10/57081.html

Last edited: 18-Oct-14 02:47 AM
Read Full Discussion Thread for this article