Posted by: ashishme October 15, 2014
3 ओटा mobile मात्र सम्पती भएको प्रधानमन्त्रीको कोठाबाट १२ लाख चोरी
Login in to Rate this Post:     0       ?        
काठमाडौं, असोज २९ – प्रधानमन्त्री सुशील कोइरालको सम्पत्तिबारेमा व्यवस्थापिका संसदमा सभासद्ले प्रश्न उठाएका छन् ।


व्यवस्थापिका संसदको आज बसेको बैठकको शुन्य समयमा बोल्दै एमाले सभासद् यज्ञराज सुनुवारले प्रधानमन्त्रीको सयनकक्षबाट १२ लाख रुयैयाँ चोरी प्रकरणबारे प्रश्न उठाएका हुन् ।


‘तीनवटा मोबाइल मात्र भएका प्रधानमन्त्रीको सयनकक्षबाट हराएको १२ लाख कहाँबाट आयो ?’ सुनुवारले प्रश्न गरेका थिए ।


त्यस्तै कांग्रस सभासद् रामहरी खड्काले नेपाल वायुसवा निगमले हालै चीनबाट ल्याएको विमान विभिन्न बहाना देखाएर उडान बन्द गरेको आरोप लगाए । ‘यो प्लेन उडाउन की देखाउनको लागि ल्याएको हो ?,’ खतिवडाले प्रश्न गरेका थिए ।


त्यस्तै खतिवडाले पोखराको विमानस्थल निर्माणको कमिसन अझलनाथ खनाललाई दिन नमान्दा आफूलाई मन्त्री पदबाट हटाइएको पूर्व पर्यटनमन्त्री भीम आचार्यको भनाइ सत्य हो भने संसदीय छानविन हनुपर्ने माग राखेका छन् ।
Read Full Discussion Thread for this article