Posted by: Rahuldai October 9, 2014
MRP सम्बन्धि
Login in to Rate this Post:     1       ?         Liked by
नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ICAO नियम अनुसार आउदो २०१५ नोभेम्बर २४ पश्चात विश्व भरि नै एम आर पी लागु हुने अर्थात तत्पश्चात हस्त लिखित वा अन्य कुन्य प्रकारको राहादानीको मान्यता नहुने भएकोले साझा मित्रहरुमा समय छंदै पायक पर्ने ठाउँबाट एम आर पी बनाउन हुन अनुरोध छ |
एम आर पी सम्बन्धि बिस्तारमा बुझ्न निम्न वेब पेजमा जानु होला |
http://dopmofa.gov.np/faq/#faq24

अहिले नेपालमा हुनु भएका विदेशमा बस्नेहरुले भने परराष्ट्र मन्त्रालय, पासपोर्ट शाखा , नारायणहिटीबाट पहिले भन्दा सजिलै संग बनाउन सक्नु हुने छ |
१. पुरानो पासपोर्ट, नागरिकता सहित सिडियो कार्यालयमा निबेदन दिने र द्रुत सेवाको लागी सिफारिस पत्र सहितको निबेदन नारायण हिटीमा बुझाउने | रु १०००० समेत त्यहि बुझाउने र एक हफ्ता पछि तयार हुन्छ |
२. मेसिनले दरखास्त फारम पढ्न सक्ने उपकरण र पासपोर्ट बनाउने मेशिन थप जडान भए पछि पहिले भन्दा निकै सजिलो ( भीड ) कम भएको छ | यसको अर्थ यो हैन कि भीड नै हुन्दैन |

अमेरिकामा बस्नेहरुको लागि भने नेपाली राजदूताबास मार्फत बनाउन सकिने छ |
१. राजदूताबासमा ए ४ साइज को पेपरमा फर्म प्रिन्ट गरी सक्कल पासपोर्ट र सक्कल नै नागरिकता सहित फिर्ती खाम हालेर निबेदन पठाउनु पर्छ |
२. हेक्का रहोस, राजदूताबास मार्फत एम आर पी बनाउन कम्ति मा ३ महिनाबेदन लाग्ने भएकोले नोभम्बर २४, २०१५ को तिथिलाई ध्यान मा राखी समय छंदै आबेदन दिनु उपयुक्त हुन्छ |
३. नेपाली पासपोर्ट साइज को फोटो र यु एस को नमिले पनि दूताबासका कर्मचारीले साइज मिलाई दिने हुँदा यसमा कुनै टेन्सन लिनु पर्दैन |
४. ए ४ साइज को कागज भने अलि मुश्किलै ले पाइन्छ | वाल्मार्ट , स्टेपल लगायात अन लाइनमा किन्न सकिन्छ |
५. पुरानो पासपोर्ट र नागरिकता दूताबास मै रहने भएकोले नेपालमा गडबड होला भन्ने डर रहन्न | बस फिर्ती खाम मा आफ्नो ठेगाना स्पष्ट संग , न बिराई लेखि पठाउनु पर्छ |
Read Full Discussion Thread for this article