Posted by: jethobatho September 22, 2014
पैसा
Login in to Rate this Post:     0       ?        
पैसा
मान्छेले बनाको हो की
येसले मान्छेलाई
गाह्रो भो जटिल छ
यो गाठो फुकाउनलाई

पईले सिक्का हुने
त्यस्पछि नोट आयो
ऐले कार्डमा चल्छ सबै
अघि के हुने हो

खानलाई रोटी लाउन लुगा
बस्नलाई घर चाइने हो
खाली खल्ती केइ नमिल्ने
यो संसार के भाको

भएनी पुग्दै नपुग्ने
कस्तो चीज हो यो
मान्छेले बनाको हो की
मान्छेलाई येसले बनाको
Read Full Discussion Thread for this article