Posted by: nepalilaure September 17, 2014
Anju Panta, CK Raut and We Conservatives
Login in to Rate this Post:     0       ?        
facebook मित्र आत्तिनु पनि पर्दैन तत्तिनु पनि पर्दैन | प्रजातन्त्रमा सबैलाई बोल्ने छुट छ | देश टुक्र्याउने अधिकार सम्भिदान मा राख्ने प्रस्ताब राख्न पनि चुनाब मा राम्रै संख्या ल्याउन पर्यो नि - अनि तेस्लाई पास गर्न त दुइ-तिहाई नै चाहियो | अनि "प्रान्तीय सभालाई जनमत संग्रह गर्ने अधिकार दिन सकिन्छ, येदि तेस्तो जनमत संग्रहमा ९०% धेरै जनताले छुट्टिन पाउने विचार राखे छुट्टिन दिए हुन्छ " | एकपल्ट नेपाली भैसके पछि पहिलो दर्जाको र दोस्रो दर्जाको नेपाली हुनु हुन्न \ समान व्यवहारको कुनै गुन्जायस नै छैन भने छुट्टिने मात्र एउटा विकल्प रहन्छ | (नेपालका मधेसीजन यो अवस्थामा पुगेका छन् भनेको होइन , यो त उनीहरुले नै भन्ने कुरो हो ) |

अनि अर्को कुरो " नेपाल आमालाई रन्डी भन्ने चोरको के कुरा गर्ने भन्ने " विचार देखियो | बास्तबमा राउतले 'नेपाल' लाइ आमा नै भनेको छैन , तेस्पची रन्डी भन्न के ठुलो कुरो भयो र | अनि तेस्तो त हुन्छ नि, मान्छेको निजि जिबन मा पनि देखिएको छ | नित्तान्त यौन चाहना पूर्ति गर्नको लागि सम्बन्ध राख्यो , बच्चा जन्मिन्छ अनि जिउदै पुर्दियो, मरेर फाल्यो वा दोबाटोमा छोडिदियो | अब तेस्तो गर्नेलाई कसैले पनि 'आमा' भन्दैन होला होइन?
Read Full Discussion Thread for this article