Posted by: Ritto Haat September 11, 2014
मनहरुमा स्वार्थ भर्ने शहर मिसाई आए जस्तो l
Login in to Rate this Post:     6       ?         Liked by
मेरो रहर सँगै थोरै जहर मिसाई आए जस्तो l
बित्यास पार्ने संकल्पको ठहर मिसाई आए जस्तो l

हरेक कुराहरुको उल्टो उपस्थिति मात्रै देख्छु ,
खुसि सबै रित्याउने प्रहर मिसाई आए जस्तो l

हरा-भरा निश्चल मेरो , भावनालाई टुक्र्याउन,
बिथ्या रिसका झुण्डहरुको, लहर मिसाई आए जस्तो l

हाँसी-खुसि, दुख-सुख, मिलाई पाईला चाल्ने मेरो ,
मनहरुमा स्वार्थ भर्ने, शहर मिसाई आए जस्तो l

कुन निन्द्रामा देखुँ सपना ,कस्तो प्यासमा पिउँ पानी,
दिनदहाडै फोहोर ढलको, नहर मिसाई आए जस्तो l

मेरो रहर सँगै थोरै जहर मिसाई आए जस्तो l
बित्यास पार्ने संकल्पको ठहर मिसाई आए जस्तो l

प्रतिलिपि अधिकार @ रित्तो हात
Read Full Discussion Thread for this article