Posted by: cybernepali September 9, 2014
नेपालको क्रिस्चियनहरुलाई लगाइएको तीनवटा आरोपहरु
Login in to Rate this Post:     0       ?        

bachan logoअहिले हालमा नेपालको क्रिस्चियनहरुलाई लगाइएको तीनवटा आरोपहरु फेस्बूक, इन्टरनेट जहीं तहीं पड्दा पड्दा म पनि क्रिस्चियन भएको हुनाले कत्ता कत्ता पोल्न थाल्यो त्यसैले मैले पनि केहि लेखने जमर्को गरें ! ३ आरोपहरु :

१. गाइ काट्यो – हामी पनि काट्छौं
२. मन्दिर भत्कायो – हामी पनि भत्काउछौं
३. हिन्दुलाई शैतान भन्छन्

यी आरोपहरु मात्र हुन् , वास्तविकता होइनन् ! की त कसैले भने नै भने उ साँचो क्रिस्चियन होइन ! किनकि यी बिषयहरु सम्बन्धि बाइबल धर्मशास्त्रले यस्तो सिकाउछ हामीलाई :

१. यदि तिमीले जे खानछौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने तिमी प्रेममा चलेका हुँदैनौ , जुन भाइको निम्ति ख्रिस्ट मर्नुभयो ! तिमीले खाएको कुराबाट उसको नाश नहोस् (रोमी १४:१५) ! गाइ नकाट्नु भन्ने देशको कानून छ भने त्यो पनि पालन गर्नुपर्छ हामीले ! हरेक व्यक्ति शासन गर्ने प्रशासकहरुको अधिनमा बसोस्, परमेश्वरबाट आएको अधिकारबाहेक अरु कुनै अधिकार हुँदैन ! जुन प्रशासकहरु छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन् (रोमी १३:१) ! हामी इसाईहरु देशको कानुन पालन गर्छौं त्यत्ति मात्र होइन देश र समाजको विकाश गर्न पनि लागि पर्छौं ! अब तपाई हरुलाइ मान्छे काट्ने रहर छ वा तपाइको धर्मशास्त्र ले नै त्यस्तो सिकाउछ भने त्यो तपाइको हातको कुरा हो ! मेरो बिचारमा हिन्दु एक अहिंसावादी धर्म हो !

२. कसैको मन्दिर भत्काउनु भनेर बाइबल ले सिकाउदैन हामीलाई ! हामीलाई त कसैको घर बनाइदिनु, गरिब बिधवाहरुलाई सहयोग गर्नु भनेर सिकाउँछ बाइबलले ! हो बाइबल ले हामीलाई येशु बाहेक अरु देवी देउतालाई नपुजनु भनेको छ तर मन्दिर भत्काउनु भनेको छैन ! तपाइको मन्दिर मेरो घरको छेउमा छ भने मलाई तानेर लगेर तपाइको मुर्ति पुजा गर्न लाउनु हुन्न होला नि ? त मलाई किन तपाइको मन्दिर भत्काउनु पर्यो ? हामीलाई तपाइको मन्दिर भत्काउने न समय छ न खर्च नै ! फेरी त्यत्रो तपाइको मन्दिर भत्काइरहँदा तपाईहरु चाहिं के हेरेर बसिरहनु भएको थियो ? त्यत्रो विशाल मन्दिर भत्काउनु दिनै भरि लागनु पर्ने ! उसको कारवाही त्यहि दिन सिद्धिनु पर्ने ! क्रिस्चियनको धर्मशास्त्र बाइबलको सारांसा २ लाईनमा भन्नु पर्दा यी हुन् :
(क) परमेश्वरलाई सारा हृदयले प्रेम गर्नु अनि
(ख) आफ्नो छिमेकीलाई आफुलाई झैँ प्रेम गर्नु
हामीलाई छिमेकीलाई प्रेम गर्नु भनि आज्ञा गरिएको छ (मत्ती २२:३९) ! अब कसैले हिन्दुको मन्दिर भत्कायो भने उसलाई कारवाही गर्दा वा उसको मन्दिर पनि भात्काइदिदा कुनै आपत्ती छैन हामीलाई !

३. मेरो धेरै हिन्दु साथीहरु छन् जसलाई न मैले कहिले शैतान भनेको छु न उनीहरु कसैले मलाई तिमीहरुको क्रिस्चियनहरुले मलाई शैतान भने नै भनेका छन् ! तपाई कस्तो मान्छे जब तपाइलाई कसैले शैतान भन्छ तब तपाई टवाल्ल परेर हेरिरहनुहुन्छ ? तपाइलाई कुनै क्रिस्चियनले शैतान भन्यो भने उसलाई जे इच्छा लाग्छ गर्नुहोस्, हामीलाई कुनै आपत्ती छैन ! यदि तपाइलाई कसैले शैतान भन्दैछन भने त्यसले उसको असभ्यतालाई पनि दर्शाउदछ ! हो क्रिस्चियनले जरुर शैतान शब्द प्रयोग गर्छन तर शैतान शब्द मानिसलाई संकेत गरिएका होइनन् र गरिदैनन पनि ! फेरी पनि हामी तपाइलाई अधिकार दिदैछौं कि तपाइलाई कसैले शैतान भन्यो भने उसलाई जे इच्छा लाग्छ गर्नुहोस् ! शैतान शब्दको अर्थ हो “शत्रु” ! मानिसको होइन तर परमेश्वरको शत्रु ! हेरक क्रिस्चियनको शत्रु छ तर मानिस होइन आत्मिक शत्रु , आत्मिक सेना, जसले हाम्रो आनन्द, शान्ति, खुशी, मेलमिलाप, सम्पन्नता, परमेश्वरसंगको सम्बन्ध चोरेर लग्यो अनि हामीलाई दुख, गरिबी, रोग बिमार, निराश, अशान्ति, झैझगडा, मृत्युको डरको शिकार बनायो ! वास्तबमा तपाई हिन्दुहरुको पनि शत्रु हुनुपर्छ शैतान ! किनकि परमेश्वरले हामीलाई जत्ति असल कुरा दिनुभएको थियो त्यसको सबै उल्टा गराइदियो परमेश्वरको शत्रु शैतानले !

अब तपाइहरुले यो कुरा जान्नु जरुरि हुन्छ की क्रिस्चियनले कहिले पनि कसैसंग लडाई गर्दैनन् किनकि बाइबल ले हामीलाई शारीरिक लडाई गर्नुपर्छ भनि सिकाउदैन ! यहाँसम्म की हामी इसाईहरु राजनीतिमा पनि रुची राख्दैनौं तथापी हामी देशको र समाजको हीतको निम्ति सक्दो प्रार्थना र दिनुपर्ने सहयोग दिन्छौं. ! बाइबलले यो सिकाउँछ की परमेश्वर प्रेम हुनुहुन्छ (१ यूहन्ना ४:८) अनि हामी येशुको चेलाहरु भनि चिनिनको निम्ति एकले अर्कोलाई प्रेम गर्नुपर्छ (यूहन्ना १३:३४-३५) ! तपाईले इसाइलाई कुटे, झ्यालखानमा हाले वा मारे भने पनि तपाईसंग इसाईहरु लडाई गर्न आउदैनन किनकि बाइबलले हिंम्सा बारे पटक्कै हामीलाई सिकाउदैनन ! तपाईले इसाईलाइ मारेर क्रिस्चियनीटिलाइ नाश गर्न खोजनुभएको हो भने त्यसको ठिक उल्टा गर्दै हुनुहुन्छ किनकि एक क्रिस्चियन शहिद हुनु भनेको सयौं बिउ छर्नु हो ! क्रिस्चियन इतिहासले यो सिकाउछ हामीलाई कि जब जब क्रिस्चियन शहिद भए इसाई को संख्या हजारौं हजार बढ्दै बढ्दै गए !

अब यस्तो आरोपहरु, विरोधहरु वा मृत्युहरु त आउँछन नै एक साँचो इसाईलाइ ! यसलाई रोक्न सकिन्न अनि यो इसाई को वृद्धि को लागि आवश्यक छ ! तर मेरो लेखको तात्पर्य चाहिं के हो भने तपाईले नबुझेर यसो गर्नुभएको हो भने यस्तो रिस र क्रोध एक मानिसको स्वाभाविक प्रतिक्रिया हो ! कम से कम त्यस्तो अज्ञानतालाइ पुष्टी गर्न कोशिश गर्नु एक मानवीय कर्तब्य सम्झी गरेको हुँ !

धन्यबाद

Writer : John Rai

http://ebachan.com/cover-story/2420/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%9A%E0%A4%BF%E0%A4%AF%E0%A4%A8%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%B2%E0%A4%BE

Read Full Discussion Thread for this article