Posted by: ThahaChaena September 2, 2014
नयाँ-पुराना नेपाली साहित्य किताबहरु
Login in to Rate this Post:     0       ?        
आजकाल नेपाली साहित्य लेखन र पाठक दुवै धेरै बढेको देखेको छु . लेखन स्तरिय होस् या नहोस सप्पै लेखक/स्रष्टा लाइ किताब निकाल्नै परेको छ . जुन कुरो राम्रो पनि हो र नराम्रो पनि . राम्रो यस कुरो मा कि स्रस्टा आखिर स्रस्टा हुन् , र उनीहरुको सिर्जना संग्रहित हुनु राम्रो कुरो हो . नराम्रो यस कुरा मा कि किताब छापिन्छ अनि ये यो त यस्तो राम्रो तेस्तो राम्रो भनेर पत्रिका एवं अरु माध्यममा ब्यापक चर्चा परिचर्चा हुन्छ अनि कहिले कहीं त बिज्ञापन नै निकाल्छन जसबाट मलाई लाग्छ पाठक ठगिएका छन् .

ल भन्नु होस् अब तपाईं को विचारमा बजारमा रहेका हालसालै निस्किएका किताब (कुनै पनि विधा होस्) मध्ये हुन् स्तरीय र पढ्न लायक छन् ? छन् भने कृपया नाम उल्लेख गरिदिनुभए म कृतज्ञ हुने थिएँ .

(कोहि पनि स्रस्टा प्रति मेरो हेय को भवन नरहेको र कसैको पनि मान हानि गर्न नखोजेको जानकारी गराउन चाहन्छु )

- थाहा छैन
Read Full Discussion Thread for this article