Posted by: fucheketo September 1, 2014
माया पाएकी केटी
Login in to Rate this Post:     3       ?         Liked by
kamnapakokta- thank you
thaney and ilam2008- thank you, dont worry...see i am not taking that long to write second part ;)

दोश्रो भाग-

डायरीमा टाँसेर राखेको एउटा सानो अर्को चिर्कट्टो पनि थियो। पहिलो हरफ पढ्नु अघि मैले त्यहि नै पढ्ने निर्णय गरेँ।

प्रतिक कृपया यो डायरी घर नलैजाउ। म तिमी र तिम्रो श्रीमतिको विचको शंका वन्न चाहन्न। जीवनको कुनै मोडमा तिमी मसँग नजिकिन चाहेका थियौ होला। मैले होला किन भनिरहेको छु भने त्यो मैले तिम्रो आँखामा देखेकी थिएँ। कहिलेकाहिँ देखेको कुरा सत्य हुँदैन। सत्य अँध्यारोमा जन्मिन्छ,अनि अँध्यारो त अनुभुति हो देखिन्न।मलाई थाहा छैन मैले यो निक्कै लामो समय देखी गुम्स्याएको डायरी तिम्रो नाममा छोडेँ।मेरो प्रिय साथी भएकोले होला, वा मेरो एक मात्र साथी भएकोले होला। तिमीले मलाई पढ्ने धेरै प्रयास गर्यौ तर वन्द किताव नखोलिकन पढ्न सकिन्न।आज यो डायरी मार्फत म तिम्रो लागि खुल्ने सकेसम्मको प्रयास गरेकी छु।

मैले त्यो चिर्कट्टो फेरि पट्याएँ ।अनि जस्ताको तस्तै टाँसेर डायरीको गातामा राखिदिएँ।सुधाका शव्दहरु पनि सुधा जत्तिकै भारी छन्। मेरो साधारण जीवन भन्दा भिन्न।

पेज १:

आमा त्यति साह्रो वोल्नुहुन्न थियो। तर जव जव वोल्नुहुन्थ्यो तितै वोल्नुहुन्थ्यो।खोइ के तिक्तता थियो वुवा र आमाको विचमा जस्तो मलाई लाग्थ्यो तर पछि विस्तारै विस्तारै वुझ्दै गएँ। जव सम्वन्धमा सम्झौता मिसिन्छ। स्वाद तितै हुन्छ। तिजको दिनको तिन दिन पछि आमा मलाई लिएर मामाघर आउनुभयो। मामाघरमा मामाकी छोरी मेरो उमेरकी थीई। मैले घरवाट त्यति धेरै लुगा ल्याएकी थिइन। उसले मलाई आफ्ना पुराना लुगाहरु मध्ये दुइ चारवटा मलाई पनि दिइ।उसका जामाहरु छोटा भए मलाई! दुई तिन वर्ष अघिका हुनुपर्छ।मैले लाउन मानिन।आमालाई गनगन गरेँ,
"आमा मलाई छोटो भयो, म लाउन्न !"
आमाले मलाई सुम्सुम्याउँदै भन्नुभयो, "यो दँशैमा किन्दिउँला लामो!"
"आमा फुलवुट्टा भएको, ल?"मैले आफ्नो माग वढाएँ।
आमाले टाउको हल्लाउनुभयो। अनि मलाई अँगालो मार्नुभयो।त्यो अँगालो अरु दिनको जस्तो थिएन।आँखा भिजेका थिए ।रुझेको अँगालोमा वेरिँदै गर्दा मलाई मेरो स्कुलको पनि सम्झना आयो। अहिले त टिफिन भइ सक्यो होला। छेवैको चउरमा साथीहरु खेलिरहेका होलान्। छोइडुममा मलाई कसैले भेट्टाउँदैन थियो। म एक कुनावाट अर्को कुनामा सवैभन्दा चाँडो दगुर्थेँ।
"आमा हामी घर कहिले जाने? मेरो स्कुल छुटेको धेरै भयो !" त्यो प्रश्नको उत्तर आएन। मात्र अंगालो कस्सियो।
************** **************** **************** *************** ****************
"सँधै गल्ती मेरो हुँदैन नि त दाई !" आमाको आवाज चर्को थियो।म कोठाबाट वसेर सुनिरहेँ।छेवैमा मामाकी छोरी घर वनाइरहेकी थिई। उ मलाई त्यो घर वनाउन दिन्न। उसको मात्रै घर रे। कार हुन्छ अरे। वँगैचा हुन्छ अरे। कारको एउटा चक्का फुस्किएको थियो। त्यो कार त कुदे पनि एक्सिडेन्ट हुन्छ। आ होस्, मरे पनि त्यहि मर्छे। त्यसपछि वा त्यो घर मेरो हुन्छ कि। म पर कुर्सीमा वसेर वन्दै गरेको घर हेरीरहेँ।
"कत्रो गरेर तेरो विहे गरेको , अव दशौँ वर्ष वित्ता पनि तेरो झगडा गर्ने वानी कहिल्यै गएन!"
"हो झगडा त आइमाईले मात्रै गर्छन। लोग्नेमान्छे त मात्र सहेर वस्छन् !" आमाको आवाज अझ चर्कियो।
"कतै त्यो रामेसँग तँ अझै त भेटीरहेकी छैनस् नी ?" मामाले प्रश्न राख्नु भयो।को हो यो रामे भनेको? मैले चिनेकी छैन। आमाले चिनेको मान्छे, आमाले भेट्न नहुने मान्छे।
आमा मौन वस्नुभयो।चुपचाप। मैले जत्ति कान डोर्याए पनि केहि सुनिएन।
"मलाई अरु थाहा छैन , म ज्वाईँसापलाई वोलाउँछु तिमीहरुको सँधैको झगडा मिलाउने न्यायधिश म वन्न सक्दिन।" मामाले फैसला सुनाइदिनुभयो। एकछिन पछि आमाको सुँक सुँक सुनियो। मैले भुईँमा हेरेँ , घर वनिसकेको थियो। रातो छानाको , छेवैमा घेरवार लागेको। शायद मलाई छिर्नबाट रोक्न उ वार बनाउँदैछे।
************** ************** ************** **************** *************** **
वुवा त्यो दिन चिटिक्क परेर आउनुभएको थियो।तल ट्याक्सी रोकेर राखिएको थियो।आमाले मेरो लुगा मिलाउँदा पुराना जामाहरु पनि हाल्न खोज्नुभएको थियो। मैले तिनलाई टाढा हुत्याइदिएँ।
"मलाई चाहिन्न पुराना लुगाहरु, बरु म नांगै वस्छु" मैले घुर्की पनि लाइदिएँ।आमा मलाई हेरिरहनुभयो। वुवाले मलाई चकलेट पनि ल्याइदिनुभएको रहेछ। मैले मामाकी छोरीलाई पनि दुइटा दिएँ। दिन त मन थिएन तर आमाले जवरजस्ती दिन लाउनुभयो। वाइट रेविट, त्यसभित्रको त कागज पनि खान मिल्छ। म कागज चुसीरहेँ। एक छिनमैँ त्यो कागज मेरो मुखमै विलायो।
"हिँड !"
आमाले मलाई तान्नुभयो।वुवा र मामा पर कोठाको कुनामा के गफ गर्दै हुनुहुन्थ्यो।वुवाले तिन चार चोटी टाउको हल्लाउनुभयो।मामालाई नमस्कार गर्नुभयो। अनि हामी वाहिर निस्कियौँ। मैले निस्किनु अघी त्यो रातो घर भत्काइदिएँ मेरो मामाकी छोरीले थाहा नपाउने गरी।
************** ************** ************** *************** ************** *****
वाटोमा दुवै चुपचाप हुनुहुन्थ्यो। आमा र वुवा एक आपसमा त्यति धेरै वोल्नुहुन्न। म पनि मेरा साथीहरुसित झगडा पर्दा वोल्दिन दुई चार दिन तर त्यसपछी खसखस लाग्छ,एक्लै भए जस्तो लाग्छ, लाटो भएजस्तो लाग्छ। अनि वोल्न थाल्छु।तर ठूलो भएपछि त्यस्तो खसखस लाग्दैन होला। मान्छे मनमैँ कुरा लुकाउने हुँदा रहेछन्।घर गएँ, पानी प्यास लाग्यो। अरु वेला सिता दिदीले पानी ल्याइदिनुहुन्थ्यो। तर आज सिता दिदीलाई देखिन।
"बाबा, सिता दिदी खोई ?"
वुवाले आमाको अनुहार पुलुक्क हेर्दै जवाफ फर्काउनुभयो।
"सिता दिदी गाउँ गई, अव फर्किन्न होला !"
*************** ****************** **************** *************** *************
मैले थोरै आंग तन्क्याएँ।उसको परिवार देखी मलाई रिस उठेर आयो।अहिले कहाँ छन् त सुधाका आमा वुवा ? शायद कसैलाई थाहा छैन।
"सरलाई प्रशान्त सर(हाकिम)ले वोलाउनुभको छ !" मलाई सुचना आयो।
मलाई आज काम गर्न मन छैन।तर उसले वोलायो। सँधै मनलागेको काम मात्र गर्न पाउने भए। त्यस्तो त स्वर्गमा मात्र हुन्छ होला! वा मान्छे त्यसैलाई स्वर्गसुधा आज पनि आइन !" उसले झ्यालवाट वाहिर हेर्दै मलाई भन्यो। त्यो त मलाई पनि थाहा छ।हामी तेश्रो तल्लामा थियौँ। तल गाडीहरु घुइँचो लागेका थिए, अगाडी जान तछाडमछाड गर्दै। उसले धुवाँ जानलाई झ्याल खोलेकोले होला ति गाडीको चर्को आवाज माथी सम्म आयो।म मौन नै वसिरहेँ।
"शायद पुलिसमा रिपोर्ट गर्नुपर्छ होला !"
उसले त्यसो भन्दा मलाई एक्कासि डर लागेर आयो। सुधाको डायरी त म सँग छ।पुलिसले छापा हानेर भेट्टायो भने? मैले लुकाउन भ्याएको पनि छैन।
"एक दुई दिन पर्खिनुपर्छ होला सर !"
"हिजो त आफै अतालिँदै थीयौ त !" उसले म तिर शंकालु नजर दौडायो। मलाई केको डर , मैले केहि गरेको छैन। सोधीहालेछन् भने त्यहि डायरी देखाइदिन्छु।
"कतै आउट अफ भ्याली प्लान वनाएर निस्केकी हो कि ?"
मैले आफुलाई जोगाउने प्रयास गरेँ।
"सुधा अनि प्लान ..." उ हाँस्यो ,"ल ठिकै छ,यो हफ्ता हेरौँ न त !"
उसले चुरोट निभाएर झ्याल वन्द गर्यो।एसीको प्रभाव विस्तारै वढ्दै गयो ।मैले आफ्नो निधारको पसिना रुमालले पुछेँ।अनि कोठावाट वाहिर निस्किएँ। भन्छन् होला।मैले त्यो डायरी फेरि गोप्य ठाउँमै थन्क्याएर हाकिमको कोठामा छिरेँ। उ आफ्नो कोठाको कुनाको स्मोकिंग जोनमा चुरोट दन्काउँदै रहेछ।उसले वट्टा मतिर तेर्स्यायो। मैले पनि एउटा लिएँ। उसले लाइटर पनि तेर्स्यायो।मैले चुरोट सल्काएँ।धुवाँ चक्का चक्का वनेर उड्यो।कति सजिलै साट्छन् मान्छे नराम्रा लतहरु।मैले चुरोट छोड्छु भनेर मेरी वुढीलाई हिजोमात्र तेश्रो चोटी कसम खाएको।कसम र चुरोट वरावरी खाइएला जस्तो छ।

"सुधा आज पनि आइन !" उसले झ्यालवाट वाहिर हेर्दै मलाई भन्यो। त्यो त मलाई पनि थाहा छ।हामी तेश्रो तल्लामा थियौँ। तल गाडीहरु घुइँचो लागेका थिए, अगाडी जान तछाडमछाड गर्दै। उसले धुवाँ जानलाई झ्याल खोलेकोले होला ति गाडीको चर्को आवाज माथी सम्म आयो।म मौन नै वसिरहेँ।

"शायद पुलिसमा रिपोर्ट गर्नुपर्छ होला !"

उसले त्यसो भन्दा मलाई एक्कासि डर लागेर आयो। सुधाको डायरी त म सँग छ।पुलिसले छापा हानेर भेट्टायो भने? मैले लुकाउन भ्याएको पनि छैन।

"एक दुई दिन पर्खिनुपर्छ होला सर !"

"हिजो त आफै अतालिँदै थीयौ त !" उसले म तिर शंकालु नजर दौडायो। मलाई केको डर , मैले केहि गरेको छैन। सोधीहालेछन् भने त्यहि डायरी देखाइदिन्छु।

"कतै आउट अफ भ्याली प्लान वनाएर निस्केकी हो कि ?"

मैले आफुलाई जोगाउने प्रयास गरेँ।

"सुधा अनि प्लान ..." उ हाँस्यो ,"ल ठिकै छ,यो हफ्ता हेरौँ न त !"

उसले चुरोट निभाएर झ्याल वन्द गर्यो।एसीको प्रभाव विस्तारै वढ्दै गयो ।मैले आफ्नो निधारको पसिना रुमालले पुछेँ।अनि कोठावाट वाहिर निस्किएँ।

 

 

 

 





Last edited: 01-Sep-14 04:45 AM
Last edited: 01-Sep-14 04:47 AM
Read Full Discussion Thread for this article