Posted by: Ritto Haat August 30, 2014
उफ फेरी तीज आयो
Login in to Rate this Post:     2       ?         Liked by
उफ
फेरी तीज आयो,
मनका खुसि त्यसै हरायो,
गहना चाहियो श्रीमती कराई, भोको भैसी गोठमा करायो,
न त छ आँफु संग गांठ टन्न,
न सकियो खुंखार डाँकु बन्न,
होस् हवास त्यसै हरायो
उफ
फेरी तीज आयो,

परश्त्रीहरुको झद्किलो फेशन,
सुनै-सुनले धपक्क ढाकेका,
पिठ्यु र कम्मर मर्काई , मर्काई,
लौन जमिन थर्काई कति नाचेका
जति पढे पनि सडेकै बुद्धि,
नत्र गर-गहना किन दाँजेका??

उफ फेरी तीज आयो,
मनमा फेरी हलचल छायो,
स्वास्नीको कच् -कच्ले दिमागै खानी
हामी दुखि-गरिब ,गहना खोज्न कहाँ जानी??

परम्परा ठान्थें , भेट-घाट गर्ने,
दिदि-बहिनि मिलि रमाइलो गर्ने,
संस्कृति हरायो , बिकृति गढ़यो,
लौन हजुर मेरो ब्लड प्रेसर बढ्यो,
यस्तै पाराले छोटीदै छ आयु ,
(भो ब्रत नबस प्रिय, यो तीज भो बिषालु )2,

उफ फेरी तीज आयो,
मनको शान्ति सबै हरायो,
गरिब र दुखीको बिचल्ली गरायो !!!!!!
उफ फेरी तीज आयो !!!!!
~~~~~~~~~Ritto-Haat@
Read Full Discussion Thread for this article