Posted by: Rahuldai August 26, 2014
तर बाबुको मुख हेर्ने चाड- घरमा गएर फिल्म हेरेको जस्तो भएन र,……???
Login in to Rate this Post:     1       ?         Liked by
बिल्कुल गलत लेखक महोदय | कसै कसैले आफैले जन्म दिएको निर्बोध बालकलाई त जन्मिने बित्तिकै मार्छन भने बृद्ध बुबा आमालाई वृद्धाश्रममा राख्नु अचम्मको कुरा हैन | तर अधिकांश नेपालीको मनको कुरा हैन त्यो | वात्सल्यता र ममता नेपाली मनले बिर्सिसकेका छैनन् | होला अर्ध नेपाली मनले बर्षमा एक दिन सम्झेला |

बुबाको मुख हेर्ने र आमाको मुख हेर्ने दुवै पर्ब उत्तिकै महत्वका साथ् मनाइन्छ | मिठाइ, फलफूल लिएर बिबाहित नारीले बुबा आमाको मुख हेर्ने बिशेष संस्कार र घरमा भएका छोरा छोरीले गछे अनुसार मुख हेर्ने परम्परा खास गरी उपत्यकाका नेवार समुदायको बिशेष पर्ब हो | अन्य नेपालीले पनि आफ्नो आफ्नो परम्परा अनुसार मनाएका छन् |

फेसबुक ले अलि प्रचारमुखी बनाएको छ | जन्म दिने, शिक्षा दीक्षा अनि जीवनको बाटो देखाउने आमा बाबुको सम्मान जति गरे पनि पुग्दैन | यो हाम्रो संस्कार हो, हामी ले बाच्ने संसार हो | न नाटक हो न सिनेमा नै |
Read Full Discussion Thread for this article