Posted by: jahbles August 21, 2014
नेपालमा अब केही कुराको टेन्सन रहेन ।
Login in to Rate this Post:     1       ?         Liked by
नेपालमा अब केही कुराको टेन्सन रहेन ।
कान्तिपुर पत्रिकाको ग्राहक बन्दा गाडी उपहार,
नागरिकको ग्राहक बन्दा घर उपहार,
राजाधानीको ग्राहक बन्यो इलेक्ट्रोनिक सामान उपहार !
जाडोमा अलिकती लुगा फाटोको जरुरी थियो
त्यै पनि "अन्नपूर्ण पोस्ट" ले पुरा गरिदिने भएछ-एक जोर ट्र्याक सुट दिएर ।
छोरा छोरी पढाउनु पर्यो किताब देखी स्कुल फि सम्मको जिम्मा चाउचाउले लिएकै छन् ।
फोन गर्नु पर्यो ncell ले सित्तैमा दिन्छ ।
नगद चाहियो बैकहरु हामी छौ भनिरकै छन ।
खानेकुरा पोषण र स्वास्थ्यको त झन चिन्तै भएन. भिटामिन, मिनरल, खनिजलगायत
शरीरलाई चाहिने सम्पूर्ण चिज चाउचाउमै छ्दै छ ।
एउटा चाउचाउ खायो अरु केही खानै परेन ।
गएछन दु:खका दिन !
चिन्ता देशको थियो त्यैपनी "राष्ट्र निर्माण हाम्रो जिम्मेबारी" भन्दै डन्डी र सिमेन्टले पुरै देश
बिकासको जिम्मा लिइहाले ।
अब नेताको पनि केही काम भएन । अब संबिधान नबन्ला कि भनेर पनि चिन्ता गर्नु
परेन एक बर्ष भित्रमा हामी बनाउछौ संबिधान भन्दै कुनै नयाँ सिमेन्ट फ्याक्ट्रि खुल्ला नि !
गएछन् दु:खका दिन........
‪#‎copied‬
Read Full Discussion Thread for this article