Posted by: Lal Bahadur Ayer August 20, 2014
पिडा
Login in to Rate this Post:     1       ?         Liked by

पिडा


एल बि ऐर
बस्टन, म्यासाचुसेट्स


अपराधीहरुलाई के थाहा हुन्छ र
निहत्था आमा बाबुलाई यातना दिइ
मारिएका छोरा छोरीको पिडा |

बलात्कारीलाई के थाहा हुन्छ र
स्कुल जादै गरेकी चोरीको अपहरण गरि
बालात्कार पछि मारिएकी छोरीका आमा बाबुको पिडा |

लुटेराहरुलाई के थाहा हुन्छ र
चन्दा वा बास नदिंदा आक्रमणको
निशानामा परेका हरुको पिडा |

बलजफत गर्नेहरुलाई के थाहा हुन्छ र
आफ्नो जग्गा जमीन हडपेर
बिस्थापित भएकाहरुको पिडा |

खुकुरीलाई के थाहा हुन्छ र
सयौ पटक प्रहार गर्दा
अचानोलाई भएको पिडा |

प्रेम नगर्नेलाई के थाहा हुन्छ र
जिन्दगि भर नछोड्ने कसम खाए पनि
प्रेम पछि बिछोडको पिडा |

न्याय गर्नेलाई के थाहा हुन्छ र
पीडकको पक्षमा फैसला गर्दा
पिडितलाई भएको पिडा |

महलमा बस्नेलाई के थाहा हुन्छ र
बाढी पहिरोले घर सम्पत्ति बगाउदा
सडकमा आइ झुप्रोमा बस्दाको पिडा |
Read Full Discussion Thread for this article