Posted by: nepalilaure August 11, 2014
अब प्र.म. ले राजकाज छोड्ने बेला आएको हो कि ?
Login in to Rate this Post:     0       ?        
हुनत मैले नै येही साझामा "तेत्रो जिन्दगि राजनीतिमै लगाएको अनि प्रधानमन्त्री जस्तो मान्छेको उपचारको लागि ५/७ करोड खर्च गर्नु कुनै ठुलो कुरो होइन, अनि अलि-अलि बिरामी हुदैमा तेत्रो अनुभब र इतिहास भएका नेताहरुले राजनीति चटक्कै छोडेर युवा लाइ स्थान दिनु पर्छ भन्ने पनि छैन " भनेको थिए | बास्तबमा त्यो कुरो अझै पनि सहि नै हो जस्तो लाग्छ |

तर हाम्रो वर्तमान प्र.म. अल्लि बढी नै गले जस्तो छ| हो नेपालका पत्रिकाहरुले धेरै हावादारी गफ लेख्चन, तर प्र.म. को निजि चिकित्सक र कोइराला परिवारका सदस्यकै हवाला दिएर लेखेको समाचार त पक्कै पनि सहि होलान | ३ महिना complete रेस्ट गर्ने सल्लाह त डाक्टर ले नै दिएको रैछ |

http://www.onlinekhabar.com/2014/08/178085/
Last edited: 11-Aug-14 10:46 AM
Read Full Discussion Thread for this article