Posted by: anmanasea2014 July 28, 2014
एन्मा-नासा संयूक्त सम्मेलन कविता प्रतियोगिता:
Login in to Rate this Post:     0       ?        

एन्मा-नासा संयूक्त सम्मेलन कविता प्रतियोगिता:

एन्मा-नासा संयूक्त सम्मेलन २०१४ को अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एन्मा, नासा, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल तथा नेपाली घरद्वारा संयूक्त रुपमा 'खुल्ला' तथा 'बाल समूह'मा कविता प्रतियोगिता आयोजना गरिदैछ । यस प्रतियोगितामा भाग लिएर आफू तथा आफ्नो बालबालिकाहरुको साहित्यिक प्रतिभालाई प्रस्फुटन गराउनुहुन तथा नेपाली भाषा साहित्यसँगको सम्बन्धलाई प्रगाढ बनाई राख्नहुन सम्पूर्ण साहित्य अनुरागी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ । प्रतियोगितामा भाग लिन इच्छुक महानुभावहरुले निर्धारित समय सीमाभित्र ईमेल मार्फत आफ्नो रचना बुझाउनुहुन तथा सम्मेलनको अवसरमा हुने साहित्यिक कार्यक्रममा उपस्थित भएर आफ्नो रचना वाचन गर्नुहुन पनि आग्रह गर्दछौ । 

साहित्यिक कार्यक्रम हुने स्थान र मिति:

स्थान: एन्मा-नासा संयूक्त सम्मेलन २०१४, 
CROWNE PLAZA DENVER INTERNATIONAL AIRPORT 
15500 East 40th Avenue, Denver, CO 80239

मिति: ३१ अगस्त २०१४ 

कविता प्रतियोगितामा भाग लिन पालना गर्नुपर्ने नियमहरु: 
१ प्रतियोगीले आफ्नो रचना ईमेल मार्फत rpsituala@gmail.com अथवा literaturecommittee2014@jointconvention.org ठेगानामा अगस्त २२, २०१४ भित्र पठाई सक्नुपर्नेछ । 
२ रचनाको शब्द सीमा अधिकतम २०० शब्दको हुनेछ । 
३ कुनै पनि राजनैतिक पूर्वाग्रह र गालि गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरु र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरु स्वत: अस्वीकृत हुनेछन् |
४ प्रतियोगितामा कविता वाचन गर्ने कवि/ कवियत्रीले अनिवार्य रुपमा एन्मा-नासा संयूक्त सम्मेलनमा रजिस्ट्रेसन गरेको हुनुपर्नेछ । 
५ कविताको बिषयवस्तु तथा रुप गद्य वा पद्य (पद्य भन्नाले छन्दबद्ध हुनुपर्छ भन्ने छैन ) को चयन स्वतन्त्र छोडिएको छ । 
६ कविता ईमेल मार्फत पठाउदा युनिकोड नेपालीमा लेखिएको हुनुपर्नेछ । 
७ कविता नितान्त नयाँ तथा मौलिक हुनुपर्नेछ | कवि/ कवियत्रीले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साईजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ |
८ प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिने छ |
९ प्रतियोगिताको लागि प्राप्त कवितामा अरु कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ |
१० 'बाल समूह'मा रचना पठाउन प्रतियोगीको उमेर १४ बर्ष नकाटेको अथवा बढीमा ८ ग्रेडमा अध्ययनरत हुनुपर्नेछ तर 'खुल्ला' समूहमा रचना पठाउन भने उमेरको अथवा अध्ययनको कुनै हदबन्दी लागू हुनेछैन । 
११ 'खुल्ला समूह'मा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई क्रमश: अमेरिकी डलर ३००, २०० र १०० को साथै प्रशंसापत्र पनि प्रदान गरिनेछ । 
१२ 'बाल समूह'मा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई पदक र प्रशंसापत्र सहित क्रमश अमेरिकी डलर १००, ७५ र ५० प्रदान गरिनेछ ।
१३ कविता पठाउने समयसिमा नाघेर ईमेल मार्फत प्राप्त भएका रचनाहरु र कार्यक्रमस्थलमा प्राप्त भएका रचनाहरु अप्रतियोगी रचनाको रुपमा कार्यक्रममा समावेश गराइनेछ । 
१४ निर्णायक मण्डलीको निर्णय नै अन्तिम हुने छ । 
१५ यसरी प्रतियोगितामा समावेश गर्न बुझाईएका रचनाहरु कागजी तथा बिद्दुतीय पत्रपत्रिकाहरुमा प्रकाशन गर्ने अधिकार समितिसँग सुरक्षित रहनेछ । 

राजु सिटौला
संयोजक (साहित्य समिति)
१० औ एन्मा-नासा संयुक्त सम्मेलन, डेन्भर
Read Full Discussion Thread for this article