Posted by: hetaudeketo July 26, 2014
गजल
Login in to Rate this Post:     2       ?         Liked by


गजल
म शोकको धुन हुँ तिमी गीत भएर बाँच
म बिसको प्याला हुँ तिमी अमृत भएर बाँच

सबको सामु हृदयमा तिम्रो तस्बिर कोरिहिडे
तिम्रै नजरमा शत्रु भये तिमी मीत भएर बाँच
म बिसको प्याला हुँ ........

तिमी सँगको प्रेम यात्रामा सधैं म हारिरहे
भो मलाई जित्नु छैन तिमी अबिजित भएर बाँच
म बिसको प्याला हुँ ....

हिउ जस्तै जम्न देउ बग्ने अब बाटो छैन
संकुचित भये यो संसारमा तिमी पारीचित भएर बाँच
म बिसको प्याला हुँ .......
म शोकको धुन हुँ ........
Read Full Discussion Thread for this article