Posted by: Rahuldai July 23, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     1       ?         Liked by
Ambrosia जी

एउटा दुइटा कुरा स्पष्ट गर्न चाहन्छु |

१. पहिलो कुरा सुशील कोइराला संग व्यक्तिगत रुपमा न चिनजान छ न सम्पर्क , नजिक हुनु को कुरा टाढाको हो | हो म उहाँ लाई चिन्छु , उहाँ मेरो देशको प्रधान मन्त्री हुनु हुन्छ | 

२. सुजाताको बिषयमा मेरो व्यक्तिगत राय हो | मोदी को सपथ ग्रहणमा किन गए, लहड हो कि बाध्याता बिस्तारै थाहा पाइएला | तर गिरिजा सत्ता हुँदाको हैसियत छैन र उनी आफै राजनैतिक धरोहर हैन | 

३. नेपालको राजनीति को बिकास संग प्रत्यक्ष अप्रत्यक्ष रुपमा २०४७ साल को परिवर्तन देखि संलग्न छु र साक्षी छु | 

४. मैले भने नि जथाभावी रुपमा राष्ट्रको ढुकुटी लुट्ने र लुटाउने दुबैलाई क्षम्य हुँदैन | अपराध हो |

५. जुन प्रधान मन्त्रीको कुनै सम्पति  छैन , देशकै अन्य भू-भागको भ्रमण समेत होटल मा बस्न खानु हुन्न , आफन्त र कार्यकर्ता को घरमा बास गर्नु हुन्छ त्यस्तो व्यक्तिलाई राष्ट्रको सम्पति लुटेको आरोप लगाउनु न्यायोचित छ कि छैन भन्ने मात्र आशय हो |

६. अमेरिका आउदा जाँदा समेत अन्य सहयोगीहरुको खर्चमा बाच्नु हुन्छ | देशको प्रधान मन्त्रीलाई क्यान्सर जस्तो रोग लाग्दा नि यस्तो आरोप ?? यहाँ पनि मलाई जहाँ सम्म लाग्छ न्यूनतम खर्चमा बस्नु भएको छ | खान बस्न पैसा खर्च गर्नु भएको छैन | उपचारमा लाग्यो होला, प्लेन टिकेटमा लाग्यो होला | उहाँका अफिसियल डाक्टर र सुरक्षाकर्मी को बरु राष्ट्रले बस्ने खाने ब्यबस्था गरेको छ |

७. नेपाल सरकारको विभिन्न निकायमा १५ बर्ष काम गरेको व्यक्ति हुँ | कति कर मैले तिरेको छु , तपाइँ खोज्नु सक्नु हुने छ | ट्याक्स तिर्नुको अर्थ पनि थाह छ र पीडा पनि | नेपाल आएर ट्याक्स तिर्नु परे पछि थाहा हुन्छ होइन थाह छ र कसले ट्याक्स तिर्दैन र ट्याक्स को कुरा मात्र त्यो पनि थाहा छ |

८. मेरो टोलको एउटा असाध्येइ चल्ने चिया पसल छ | अमेरिका आउँन अघि दिनहुँ चिया जमघट हुने पसल | दिनमा सबै खर्च कटाएर ५ देखि ६ हजार कमाउनु हुन्थ्यो | एक पैसा कर तिर्दैन थ्यो , नगरपालिकामा समेत पसल दर्ता गरिएको थिएन | र साहुजी दिनहुँ सरकार लाइ गाली  गरि बस्थ्यो | यो भएन उ भएन , यो गरेन त्यो गरेन | एक पैसा कर न तिर्ने तर गालि मात्र गर्ने ?? आफ्नो कर्तब्य पालना गरेको खै ??

९. हामी महिनामा १० हजार तलब थाप्ने सरकारी कर्मचारीले महिनाको २ सय कर बुझाउन्थेम | चिया साहुजी महिनाको डेढ लाख देखि २ लाख कमाउने तर एक पैसा कर न तिर्ने |

१०. यसमो मतलब अघि नै भने , ट्याक्स को पैसा को हर हिसाब हुनु पर्छ , जथाभाबी लुट को धन गर्न मिल्दैन | त्यसको लागि हरेक नागरिकले आ-आफ्नो भूमिका निभाउनु पर्छ भन्ने मात्र हो |

११. सुशील कोइराला बाहेक अर्को प्रधान मन्त्रि बन्न योग्य कोइ छ वा छैन त्यो तिनको पार्टीको बिषय हो | देशको राजनैतिक ब्यबस्थाले नै बहुमत प्राप्त दल वा दलहरुको समुहको नेता बन्ने छ भन्ने लेखिएको छ भने तपाइँ र म जति नै योग्य भए नि त्यो सिस्टमको हिस्सा नभैकन योग्य छु भन्न मिल्दैन |
Last edited: 23-Jul-14 09:23 AM
Read Full Discussion Thread for this article