Posted by: Rahuldai July 23, 2014
Application Open For The Post of PM of Nepal
Login in to Rate this Post:     3       ?         Liked by
Ambrosia जी,

जीवन जगतका धेरै कथा पढियो, राजनैतिक बिषयमा समेत चासो देखाउनु भयो , खुशीको कुरो हो | तर मलाई लाग्छ , तपाइँ संग नेपाल को राजनिती बारेको जानकारी सामाजिक संजालमा कोरिएका अमिलो अंगुरको झुसिलो डकारहरु मात्र छन् जस्तो लाग्यो |

१. प्रथम त प्रम कोइराला, बीपी, मातृका र गिरिजाको एकै परिवारका सदस्य हैनन् | टाढाको नातेदार हुन् | कोइराला थर कै कारणले प्रधान मन्त्री भएका हैनन् | सुशील कोइरालाको राजनैतिक जीवन बारे अलिकति रिसर्च नै गर्नु हुन अनुरोध छ |

२. गिरिजा प्रसाद कोइरालाको निधन संगै सुजाता कोइरालाको राजनीति समाप्त भैसकेको छ र अब फेरी उत्थान हुने सम्भावना न्यून छ | मनिषा कोइरालाले कहिलेइ प्रत्यक्ष राजनीति गरेको छैन र मेरो बिचारमा गर्ने पनि छैन |

३. सुशील कोइराला प्रधान मन्त्री हुनु भन्दा अगावै हरेक बर्ष जिब्रो को क्यान्सरको उपचारको क्रममा फलो-अप गर्न America आउनुहुन्थ्यो | यसपाली पनि त्यसै सिलसिलामा एक थप स्वास्थ परीक्षणको लागि आउनु भएको हो | राष्ट्रका प्रधान मन्त्रीलाई क्यान्सर हुँदा संबेदनशील हुनुको साटो राष्ट्रको ढुकुटीको सवाल गर्नु हुन्छ ?? देशलाई कंगाल बनाउने धमिराहरु समाजको हरेक तप्कामा छन् | १-२ करोड रकम राष्ट्रले देशको प्रधान मन्त्रीको उपचार खर्च गर्दा टाउको दुखाइ नहुनु पर्ने हो | अरबौं घोटाला गर्ने आरी मन्त्री, सरकारी अधिकारी, ब्यापारी , उद्योगी र ठगहरु छन् | तिनको नियन्त्रण गर्न जरुरी छ |

४. अमेरिका हैन हाम्रो मुलुक जहाँ हरेकले ट्याक्स बुझाउछ र करले चलेको सरकार भन्न मिल्छ | राष्ट्रको कति प्रतिशत आम्दानी आम जनताले तिरेको कर बाट हुन्छ , तपाईं लाई थाह छ ?? कुन चाहि खुद्रा पसलेले , कुन चाहि वकिलले , कुन चाहि डाक्टरले, कुन चाहि कपडा ब्यापारी , कस्मेटिक पसलले कर तिरेको तपाइँलाई थाहा छ ?? तिर्ने पर्ने गरी बनाइएको नियम कानूनले बाध्य पारेकाहरुले बाहेक न त हामी मा कर तिर्नु पर्छ भन्ने चेतना छ , न त इमान्दारिता नै | तै पनि हामी ले कर तिरेर चलेको सरकार ले यसो गर्न पाउछ उसो गर्न पाउछ भनेर ठुलो स्वरमा कराउछौ |

५. हो राष्ट्रको सम्पतिको जथाभावी खर्च गर्न पाइन्दैन |

६. कोइरालाले अमेरिका बसेर बिलासिता होटेलमा बसेर खाएर खर्च गरेको छ ? शुद्ध मेडिकल प्रयोजनको लागि न्यूयोर्क आउनु भयो र नेपाली नियोगको आवासमा बस्नु भयो | के यसलाई पनि फजुल खर्च भन्ने ??

७. देशका योग्य डाक्टरहरु बिदेशीए पछि नेपालका धेरै जस्तो अस्पतालहरुको हालत र गैर जिम्मेवारीपूर्ण ब्यबहार तपाइँ हामी सबैलाई थाह छ | तर बिदेशमा उपचार गर्ने जानु हुन्न भन्ने कुरा पनि सही हैन |

८. केपी ओली बिरामी छन् , गम्भीर बिरामी | राम्रो उपचार को हकदार छन् | नेपालको लोकतान्त्रिक आन्दोलनमा के पी ओलीको योगदानलाइ कम आंकलन गर्न मिल्दैन | ओली रातारात एउटा ठुलो पार्टीको संसदीय दलको नेता भएका हैनन् |

९. हो नेपालको राजनीति फोहरी छ, नेताहरु धेरै बेइमान , नालायक र बदमास छन् | र पनि तिनै लाइ हामी ले चुनेका हौँ नि , यो त भुल्नु भएन नि ? र सधै नकारात्मक र सतही कुरामा मात्र हामी रमाउछौ |

Last edited: 23-Jul-14 07:54 AM
Read Full Discussion Thread for this article