Posted by: _____ July 14, 2014
सी के लाल गाँजा तानेर लेख्चन कि के हो ?
Login in to Rate this Post:     0       ?        


किन मधेसी लाई पहाडी ले हेप्यो भनेर  चिच्याइ रहन हुन्छ बेकार मा


बरु तपाईं जस्ता ले उपेन्द्र महतो बाट उपदेश लिनु बेश । तपाईंको सजिलो कोलागी तल पोस्ट गरिद्य छु 


नेपालका राष्ट्रपति भन्दा अमेरिकाका सर्वसाधारणको ‘भ्यालू’ छः उपेन्द्र महतो

 
प्रकाशित मिति: 4:42:45 pm, July 07, 13, 2014 
काठमाडौ असार २९ – अन्तराष्ट्रिय व्यापारी उपेन्द्र महतोले नेपालको राष्ट्रपति रामवरण यादव भन्दा अमेरिकाका सर्वसाधारण व्यक्ति राम्रो भएको टिप्पणी गरेका छन् । अमेरिकाको नागरिक जतिको ‘भ्यालू’ पनि नेपालका राष्ट्रपतिको नरहेको बताउँदै उनले यस्तो हुनुमा नेपाली स्वयं दोषी रहेको धारणा राखे ।

upendraअमेरिकामा बसोवास गरेका मधेशीहरुले गठन गरेका ‘एशोसिशन अफ नेपाल तराईन अमेरिका’ (एन्टा) ले शनिवार आयोजना गरेको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा बोल्दै महतोले ‘नेपाल यति छोटो हुँदा हुँदै राम्रो सुन्दर देश हो तर यहाँका क्रियाकलाप र व्यवहारले गर्दा गरीब र दरिद्र’ भएको बताए । ‘नेपालको क्रियाकलाप र राजनीतिक स्थिरताका कारण नेपाल दिन दिनै पछाडि पर्दै गएको छ,’ उनले भने, ‘नेपाली गर्नुपर्ने काम नगरीकन उल्टै उल्टै काम गरिरहेका छन् ।’
‘नेपालीहरुको एउटा बानी साह्रै नराम्रो छ, त्यो हो उनीहरु सानोतिनो उपलब्धिमा नै रमाउन थाल्छन्,’ उनले भने, ‘त्यही कारणले नेपालको राष्ट्रपतिभन्दा अमेरिकाको सर्वसाधारण आनन्दीत छन् ।’ ‘नेपालीलाई रोजगारी चाहिन्छ त्यो पनि सरकारी, सरकारी नभए प्राइभेट भएपनि हुन्छ तर रोजगारी चाहिन्छ नै, तर अमेरिकालगायतको देशमा रोजगारी गर्नुभन्दा पनि उनीहरुले आफै व्यवसायी शुरु गरेका हुन्छन् आफ्नै कारोवार हुन्छन् तर नेपाली आफ्नो काम गर्न चाहदैन अरुको घरमा जागिर गर्न चाहन्छन्, ’ उनले भने, ‘नेपालमा उद्योग व्यवसायी किन फस्टाउँदैन, यहाँ विदेशीहरु लगानी गर्न किन मान्दैन किनभने यहाँका जनता शोखिन छन् मेहनत गर्न चाहदैनन्, १० टु फाइभ जागिर गर्ने अनि मस्तले बस्ने बानीले गर्दा नेपाल यति पछाडि परेको छ ।’
सरकारले साबुन पानीले हात धोऊ भन्छन् तर साबुन दिँदैन, जसको घरमा साबुनै छैन भने के ले हात धुने ? नेपाली जनताको हातमा नगद छैन, नगद नभएर बुद्धि पनि नभएको बताउँदै महतोले जनताको हातमा नगद भयो भने आफै बुद्धि आउने भएकाले आर्थिक रुपमा सक्षम हुन नेपालीलाई आग्रह गरे । उनले आफू कहिले पनि मधेशी भएर कतै पनि नहेपिएको पनि बताए ।


 ‘आफ्नो क्षमता कस्तो छ, व्यवहार कस्तो छ, सोच कस्तो छ, उद्देश्य कस्तो छ, त्यसले फरक पर्छ हेप्ने नहेप्ने ’, उनले भने, ‘नेपालीमा शिक्षाको पनि कमि छ, नेपाली पढ्दैन तर कुरा बढी गर्छन् अरुलाई शिक्षा दिन दौडिन्छ तर आफू कति सक्षम् छु, त्यो कुरा कहिले विचार गरेको हुँदैन ।’

- See more at: http://www.ratopati.com/2014/07/13/151099.html#sthash.pKLmgE1O.dpuf
Read Full Discussion Thread for this article