Posted by: _____ July 14, 2014
सी के लाल गाँजा तानेर लेख्चन कि के हो ?
Login in to Rate this Post:     0       ?        

राज्य–समाज सम्बन्धका आधार

 
प्रकाशित मिति: 7:33:11 pm, July 07, 14, 2014 
सिके लाल

CKLalफिजीकरणको नाममा तपाईं हामीलाई नागरिकता नदिने भन्लान् । के देशलाई फिजीकरण गर्न लागेको हो ? भनेर प्रश्न गर्नेलाई मुखभरीको जवाफ दिनुहोस् । आफूले गल्ती गरेको जस्तो सुनेर मात्र छोड्नुभयो भने कहीं कतै स्थान पाउनुहुने छैन् । हामीले भन्नुपर्छ, ‘केको फिजीकरण ? मधेशको फिजीकरण पहिले नै गरिसकियो ।’ फिजीमा साम्राज्यवादीहरुले उखु खेतीका लागि त्यहाँका स्थानीयहरुलाई पत्याएका थिएनन् । त्यहाँ भारत र नेपालबाट मजदुरहरु लैजाने कुरा भयो । भन्ने बेलामा भारतीय भन्निछ तर त्यहाँ नेपालीहरु पनि थिए । ती मधेशी मूलका थिए । त्यसपछि उनीहरुले त्यहाँको नागरिकता पाए । स्वाभाविक छ, पुस्तौं पुस्तादेखि बसेपछि नागरिकता पाइन्छ । त्यहाँ नेपालबाट गएका एक बेलायती उपनिवेश हुँदा पनि त्यहाँको सेनामा स्थानीय मान्छे हुन्थे । मधेशमा त यस्तो फिजीकरण भयो कि मधेशमा पहाडियाहरुलाई ल्याएर बसाइयो तर मधेशीलाई न त सेनामा राखियो न त प्रशासनमै ।
पहाडबाट मधेशमा मान्छे सारियो, यहाँका मान्छेलाई दास बनाइयो र उल्टै फिजीकरणको कुरा गरियो । हाम्रो फिजीकरण यत्रो वर्षदेखि हुँदा कसैले केही पनि नबोल्ने र हामीलाई नै फिजीकरणको करा सुनाउने ? त्यसरी नै लिम्बुवानको पनि फिजीकरण भएको हो । त्यहाँ पनि नेपाली भाषीलाई सारियो । लिम्बुहरुको राज्य खोसियो, जग्गा खोसियो र भनियो– ‘तिमीहरुलाई हामी भाडाका सिपाहीमा मात्र राख्छौं ।’ लिम्बुवानको फिजीकरण भएको छ, मिथिलाको भएको छ, तमुवानको भएको छ । यी सबै फिजीकरणतिर लैजाने हो भने समाजमा विध्वंश हुन सक्छ । हामी अब सकारात्मक भएर सभ्य समाज निर्माण गरौं ।
अहिले असन्तोष छ । यो असन्तोषलाई कम गर्न सकेनौं भने समाजको असन्तुष्टि बढ्दै जान्छ र उसले राज्य किन चाहिन्छ भन्ने कुराको अर्थ खोज्न थाल्छ । कसैले कृपा गरेर हुने सम्बन्ध स्वीकार्य हुँदैन र यो उपनिवेश कायम रहेको काल पनि होइन् । राज्यको आधुनिक अवधारणा नै नेपालको राज्यले स्वीकार गरेको छैन् ।
यसको सम्बोधन पनि तीन तरिकाबाट नै हुनसक्छ । पहिलो, जस्तो चल्दैछ त्यस्तै चल्न दिनुस् र तपाईं आत्मसमर्पण गरिदिनुस् । दोस्रो, समावेशी र सङ्घीयताको लागि तपाईं सङ्घर्ष गर्नुस् । तेस्रो राज्यले तपाईंलाई पूर्ण रुपले दमन गर्न सक्छ । चौथो त बाटै छैन् । यी तीनवटै बाटोले भएन भने चौथो बाटो भनेको विखण्डन हो ।
दोस्रो विश्वयुद्व सन् १९४७ सम्म संसारमा ४०–५० वटा मात्र देशहरु थिए । अहिले २०७–२०८ जति छन् । ती नयाँ देशहरु आकाशबाट झरेका होइनन् । तिनीहरु पनि टुक्रिएर बनेका देशहरु हुन् । ती बढेका राष्ट्रहरु टुटेर बनेका हुन् । पूर्वि टिमोर कपिलवस्तु कम जनसंख्या भएको देश होतुभालुको जनसंख्या मेरो गाउँको भन्दा कम छ । यस्ता देशहरु पनि छन् । सिक्किम आज छैन, हैदरावाद छैन् । दक्षिण सुडान आयो । पूर्वी टिमोर आयो । यसरी नयाँ देशहरु आउँछन् । पुराना जान्छन् ।
नेपालकै इतिहास हेर्ने हो भने २५०० वर्ष अगाडीको समय बुद्वको हो । १८१४–१८१६ मा गोर्खाली साम्राज्य र ब्रिटिश साम्राज्यबीच युद्व भयो । गोर्खालीहरुले युद्व हारे । चुरेको उत्तरमा गोर्खालीलाई जान भनियो र चुरे तलको भाग ब्रिटिश भारतको हुन पुग्यो । १८१६ सालमा सुगौली सन्धी भएपछि केही क्षेत्र फिर्ता गर्ने कुरा भयो । १८५७ तिर पश्चिममा नयाँ मुलुक आएको हो । फिर्ता गर्नको लागि जतिखेर रेखाङ्कन गरिँदै थियो, त्यतिखेर रुपन्देही जिल्लाको मर्चवार भारतमा पथ्र्यो, तत्कालिन ब्रिटिश र इण्डियामा पथ्र्यो । त्यतिखेर शुक्लजी मर्चवारको जमिनदार हुनुहुन्थ्यो । उहाँले म फिरङ्ीको देशमा बसिन, हिन्दू देशमा बस्छु भन्नुहुन्थ्यो । नेपालको नक्सा हेर्नुभयो भने मर्चवार फेरि खुकुरीको आकृति जस्तै फर्केर नेपाल आएको छ । मर्चवारको इतिहासलाईं हेर्ने हो भने त्यहाँ पहिला अवधका जमिनदार थिए । तिनीहरु हारेपछि मर्चवार ब्रिटिश इण्डियाको नियन्त्रण रह्यो । पछि ब्रिटिश इण्डियाबाट गोर्खालीहरुले पाए । गोर्खाली हारेपछि फेरि ब्रिटिश इण्डियाको हातमा गयो । फेरि ब्रिटिश इण्डियाले नेपाल सरकारलाईं फर्कायो अनि मर्चवार पुनः नेपालमा आयो । यस्तो क्रम चलिरहँदा त्यहाँका नागरिकहरुले पाँचचोटीसम्म आफ्नो नागरिकता परिवर्तन गर्नुपरेको थियो ।
कुनै जमानामा सिक्किम एउटा राज्य थियो । आज छैन् । त्यस्तै तिब्बत पनि एउटा राज्य थियो । आज छैन् । आज हामी तिब्बतलाई चीनको चाग भनेर कुरा गरिरहेका छौं । राज्य भनेको बनिरहन्छ, भत्किरहन्छ तर समाज भने चलि नै रहन्छ । त्यसैले विखण्डन पनि कुनै आश्चर्यको कुरा होइन् । यदि राज्य र समाजको सम्बन्ध सुध्रिएन भने त्यो पनि हुन सक्छ । हाम्रो इच्छा हामीले समर्पण गर्नु नपरोस् र हामी सम्मानका साथ यहाँ बस्न सकौं, दमनको पनि आवश्यकता नहोस् भन्ने हो । विखण्डनको स्थिति नल्याउनका लागि सङ्घीयता र समावेशिता आवश्यक हुन्छ । सङ्घीयतामा राज्यको पूर्ण संरचना गरिने भएकोले यो गर्न सजिलो छ । समावेशिताको सिद्वान्तमा पनि अगाडी बढ्न सकिन्छ । राज्यको रुपान्तरण सङ्घीयता र समावेशितामा गएर हुन्छ, यदि हामीले रुपान्तरणको समाधान खोज्ने हो भने । दमनमा नजाने हो र विखण्डनतिर नहेर्ने हो भने हामी रुपान्तरणमा जानुपर्ने हुन्छ । रुपान्तरणको लागि संवाद जरुरी हुन्छ ।

साभारः मधेश मन्थन

- See more at: http://www.ratopati.com/2014/07/14/151504.html#sthash.jqTerMus.dpuf

सन् १९४७ सम्म संसारमा ४०–५० वटा मात्र देशहरु थिए

un.org  sasy there were 57   member countries in 1947 

there were few other countries who had not applied for the membership till that time

कसरी ४०-५० वोटा मात्र भये ? 

 पूर्वि टिमोर कपिलवस्तु कम जनसंख्या भएको देश हो 

Wikipedia  says 

2013 population of East Timor = 1, 172, 390
2011 population of kapilbastu district= 571,936

तिमोर को जनसंख्या  कपिल्बस्तु को भन्दा दोब्बर छ कसरी कम् भो ? 

 तुभालुको जनसंख्या मेरो गाउँको भन्दा कम छ

2012 Tuvalu population =10,837

अब समुद्र को बिच मा अनकन्तार ठाम्मा भएको टापु र भारत को सिमा नजिक घना बस्ती भएको ठाम को गाउँ को जन्सन्ख्या तुलना  गर्न मिल्ला र ? हाबादारी (कु)तर्क नगरम न  

मैले जे भने पनि मधेसी ले पत्त्यौछन भन्ने दिबास्वोप्न मा नबस्नुस्, तपाईंले धेरै हेप्न भो मधेसी लाई 
लेख लेख्दा अलिकती अनुसन्धान त गर्नुस् कि लेख्न बस्दा गाजा तान्ने बानी छ् ?  







Read Full Discussion Thread for this article