Posted by: Rahuldai June 23, 2014
Strange! but true (Mentally tortured and harassed by a wife)
Login in to Rate this Post:     1       ?         Liked by
पिडित मित्र,
साझाको पुरानो वासिन्दा र डिभोर्स सम्बन्धी केही जानकारी भएको नाताले केही सुझाव बुँदागत रुपमा राख्न गैराख्या छु | कोही, कोहीले यो राहुल भाइ जे मा नि जान्ने सुन्ने हुनु पर्ने भनेर एकै छिन तीन हाते गाली गर्न आउलान | तिनलाई जानकारी दिइ हालुम, मैले आफ्नो करियरको सुरुमा यस्तो निकायमा जागिर खाएको थिएँ जहाँ नेपाल को मुलिकी एन अनुसार बिबाहित पुरुषले पारपाचुके अर्थात सम्बन्ध बिच्छेद अर्थात डिभोर्सको लागि निबेदन दिने कार्य गरिन्छ | अझ भनुं पहिलो मुद्दाको किनारा मैले काम गर्ने अड्डाले गर्दछ | इन्जिनियर भए पनि साप्ताहिक रुपमा बस्ने इजलासमा घर जागा सम्बन्धि धेरे बिबाद सल्टाउनु पर्ने भएकोले त्यो इजलासमा बस्नु पर्थ्यो र लगभग सय भन्दा बढी डिभोर्सको केसको मुद्दाको फेरिहस्त देखियो |

१. मुलिके ऐन अनुसार. तपाईंले सिधै अदालतमा डिभोर्स फाइल गर्न सक्नु हुन्न | सम्बन्धित नगरपालिका वा गाबिसमा छोडपत्रको निबेदन दिनु पर्छ |
२. नगरपालिकाले सके सम्म मिलापत्र गराउने र एक बर्ष पछी मिलापत्र भएन भने मिशील सहित अदालत पठाउद छ | यसमाने मा केटी पक्षले न चाहे मा १ बर्ष सम्म नगरपालिका मै मुद्दा अड्किन्छ |
३. डिभोर्स नै खोजेको हो भने यही गर्नु पर्छ , त्यस पछी अदालतमा प्रमाण पुर्र्याउने काम तपाइँको हुने छ |
४. लगातार तीन बर्ष ( दुइ बर्ष भन्दा बढी ) छुट्टिएर बसेको, यौन सम्पर्क न भएको प्रमाण छ भने त्यो पनि एउटा मजबूत सबूत हो |
५. अड्डा अदालतको चक्करमा इज्जत , मान प्रतिष्ठा र पैसा सबै धरापमा पर्दछ | त्यसैले मध्य मार्गी उपाय ..बिचौलीबाट आपसी सहमतिमा डिभोर्स गर्न मनासिब देखिन्छ |

तपाईंको ब्यथा कति सम्म सत्यको मालाई थाहा छैन, दोष कसको त्यता तिर न जाउँ | यति सम्म भैसके पछी फेरी सम्बन्ध जोड्नु भनेको चर्केको काँच को वर्तन फेविकोलले जोडे जस्तो हुन्छ | "मन " फाटे पछी सिउन सकिन्न , सिए पनि जिउन सकिन्न |


Read Full Discussion Thread for this article