Posted by: magorkhe1 June 7, 2014
We Need No Education
Login in to Rate this Post:     0       ?        
धावंती खेति घोकंती बिध्या भनि बिध्यादाता हरु ले बनाएको श्लोक अनि यस्तै यस्तैले बनाएको र ल्याएको शिक्षा पद्दति !

सुनेको र इन्टरनेट मा पढेको कुरा भ्रुण देखिनै गणितिय लजिकको बिजारोपन हुन्छ रे ! कुरा रह्यो गध्य र कविताको लागि : गणित सिकाए जस्तो सिक्ने कुरा हैन किनकी यो भ्रुण देखि सृजित कुरा नभई उमेर बढ्दै जादा र व्यक्तिगत चाखमा भर पर्ने कुरा हुन् | गणित सितार र गितारको तार रेटे झैँ जति रेटो तेतिनै संस्कारिदै जाने हुदा शिक्षा बिकास का ठेकेदार हरुले बढी ध्यान दिएको होला | कुरा रह्यो नेपालीको, दैनिक बोलचाल को भाषा भएकोले हेपाइचे र होच्याइने प्रवृतिले गर्दा हामीले नजिकको तिर्थ हेला गरे झैँ भएको पनि हुन्सक्छ , हेर्नुस न जागिरे हरुको तथ्यांक ? गणित र बिज्ञान पदने पाखा लागेका छन् भने समाज सास्थ्र का बिद्यार्थीले ओगटेको छ जागिरे हरु मा ! अनि हाम्रा बा आमा हरुले पनि गणित र बिज्ञान मै जोड दिएका हैनन् र ? आफ्नै घरमा चियाएर हेर्नुस : के चाहे तिनी हरुले ? अनि कति खुसि थिए तपाइले गणित र बिज्ञानमा शिक्षा लिदा ? सानो हुदा म्याथ र अंग्रेजी को होमवर्क गरिसकिस भनि हजारौ पल्ट सुन्नु भयो होला ,नेपालीको कुरा बिरलै भए होलान ?
Read Full Discussion Thread for this article