Posted by: ashishme June 6, 2014
गरिबको छोराछोरीको लागी भन्दै चन्दा संकलन गरेर डलरमणि को खातामा
Login in to Rate this Post:     0       ?        

‘धनी’ रातोबंगलालाई किन चाहियो हेल्प नेपालको पैसा ?


काठमाडौं, जेठ २३ – ‘एक डलर प्रति महिना’ नाराका साथ देशको विकास गर्ने भन्दै हेल्प नेपाल नेटवर्क नामक संस्थाले देश र विदेशका नेपालीहरुलाई सहयोग गर्न आह्वान गर्दछ । यो संस्थाले एक सयवटा भन्दा बढी क्षेत्रमा अहिले आफ्नो सहयोग कार्यक्रमलाई विस्तार गरेको छ । पछिल्लो समय यस संस्थालाई देश विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने क्रम पनि निकै बढेको छ ।
shanta-Kanakतर यही हेल्प नेपाल नेटवर्कले नेपालीहरुको सहयोगबाट उठेको रकम रातोबंगला फाउन्डेसनलाई समेत दिएको भेटिएको छ । रातोबंगला फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षित हुन् जो पत्रकार कनक दीक्षितकी श्रीमती पनि हुन् । थप जानकारी http://www.rbf.org.np/board_member.html
रातोबंगला फाउन्डेसन आफैमा एउटा धनी संस्था हो । रातो बंगला स्कूल नेपालकै चर्को शुल्क असुल्ने स्कूलमध्येमा पर्दछ । त्यसबाहेक यस संस्थामा आबद्ध सदस्यहरुको पृष्ठभूमि हेर्दा पनि यो संस्था आफै डलर ल्याउन सक्ने संस्था हो । हेल्प नेपाल संस्थाको न्युजलेटर अनुसार रातो बंगलालाई उसले पहिलो किस्ता वापत् आर्थिक वर्ष २०६९/७० मा २७८९ अमेरिकी डलर र दोस्रो किस्ताबापत् १७०१ डलर दिएको थियो । यत्रो रकमबाट रातो बंगलाले गरेको काम भनेको एक दिनको कार्यशाला गोष्ठी र शिक्षकहरुलाई १८ दिनको ट्रेनिङमात्रै हो ।

यस्तो संस्थालाई समेत सर्वसाधारणले विदेशमा दुःख गरी कमाएर चन्दा दिएको रकम किन खर्च गर्नुपरेको ? हेल्प नेपालजस्तो परोपकारी संस्थामा यहाँ रकमको दुरुपयोग त भएको छैन ? प्रश्न गर्ने ठाउँ छ । हेल्प नेपालको अगुवर्ताका रुपमा रहेका बिबिसीका चर्चित पत्रकार रवीन्द्र मिश्र रहेका छन् । उनको छोरी पनि त्यही रातोबंगला स्कूलमा ९ कक्षामा पढ्छिन् ।
थप जानकारी:
http://helpnepal.net/newsletter/issue23/

Improving Primary Classrooms and Teaching-Learning Pedagogy in Kavre, Rato Bangla Foundation

With the first installment of USD 2,789.40 provided, the Rato Bangla Foundation conducted a one-day planning workshop with school leaders and 18 -day training for teachers from Grade 1-3. The second installment of USD 1701.53 has been released for the upcoming activities. RBF has planned the following activities for the FY 2068-69 particularly in relation to schools in Kavre District. The activities to be carried out in February 2013 are as follows

1. A one day interaction with school leaders: The interaction will focus on (i) progress after teacher training, and (ii) work to be carried out for the next academic session (starts from Baishakh, 2070).

2. Materials for Schools: A set of educational and teaching materials will be provided to the partner schools that are durable and re-usable. This will allow teachers involve students in activity based lessons.

3. Monitoring of the Schools: The team will be formed in consultation with HeNN and schools will be monitored in March 2013.

हामीले सफा उद्देश्यका साथ रकम दिएका हौं, तर कमजोरी भएको हुनसक्छः रविन्द्र मिश्र
पत्रकार रविन्द्र मिश्रका अनुसार काभ्रे जिल्लामा विद्यार्थीहरुको शैक्षिक स्तर निकै दयनीय रहेकाले शिक्षकहरुको स्तरोन्नतिका लागि हेल्प नेपालले सहयोग गरेको हो । उनका अनुसार रातोबंगला फाउन्डेसनले यस कामका लागि अन्य वैदेशिक सहयोग ल्याउन नेपालीहरुको पनि सहयोग गरेको देखाउन आवश्यक रहेको हुँदा हेल्प नेपाल नेटवर्कसँग सहयोग मागेका थिए । ‘हामीलाई यो काम निकै राम्रो लाग्यो र हामीले सफा उद्देश्यका साथ सहयोग गरेका हौं,’ मिश्रले बताए । उनका अनुसार यसबारेमा पहिले पनि प्रश्न उठेको र कहिलेकाहीँ धेरै काम गर्दा कहीँ कतै कमजोरी पनि भएको हुनसक्ने बताए । ‘काम गर्दा कहिले कमजोरी हुन सक्छ । त्यसलाई यसरी पनि हेर्न सकिन्छ,’ उनको भनाई थियो ।
- See more at: http://www.ratopati.com/2014/06/06/135028.html#sthash.2d71zj5v.dpuf
Read Full Discussion Thread for this article