Posted by: metta May 23, 2014
कक्षा सातको किताबमा रहेको उत्कृस्ट नेपाली गीत
Login in to Rate this Post:     0       ?        
http://www.nepalikala.com/2014/05/15/1793/

कक्षा ७ को कितावमा पशुपति शर्माको उरन्ठ्याउलो गीत छापिएपछि खैलाबैला

आजकाल मेरो के बस्यो वानी, 
पढाईतिर झ्याप्पै ध्यान नजानी 
क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने…… ।

geet_nepalikalaपछिल्लो समयमा चर्चित गायक पशुपति शर्माको गीत हो यो । उरन्ठ्याउलो गीतले परिचित हुँदा हुँदै पनि कक्षा ७ को पाठ्यपुस्तकमा यो गीत परेको छ ।

पाठ्यपुस्तकको बाँयातिर नीलो मसीमा गीत र दायाँतिर माइक्रोफोन समाएर बलजफ्ती मुखै च्यातेर गाइरहेको बालकको काटून चित्र ।

घर परिवारमा सबै सँगै रहेको समयमा सुन्नलाई समेत अप्ठ्यारो मानिने गीत नेपाल सरकारबाट स्वीकृत कक्षा ७ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा पाठ्यपुस्तकको पेज ५९ मा छापिएको छ ।

जुन पाठ्यपुस्तकलाई धेरैजसो नीजि विद्यालयहरुले विद्यार्थीलाई पढाउनका लागि छनौट गरिसकेका छन् ।

यसबाट एकातिर नीजि स्कुलहरुले पाठ्यपुस्तक छनौटमा पाठ्यवस्तुको गुणस्तरीयता हेर्छन हैर्दैनन् भन्ने प्रश्न चिन्ह उभिएको छ भने अर्कोतिर नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले नीजि प्रकाशकहरुले प्रकाशन गरेको पाठ्यपुस्तकको स्वीकृती कसरी गर्छ भन्ने जिज्ञासा बढाएको छ ।

त्यस्तै पाठ्यक्रम विकास केन्द्रका बिषय बिज्ञहरुको बिशेषज्ञता प्रति नै आशंका पैदा गरिदिएको छ । यो पाठ्यपुस्तक अल्फाबेट (Alphabet) बुक्स प्रा.लि.काठमाण्डुले नयाँ पाठ्यक्रम अनुसार तयार गरी शैक्षिक शत्र २०७१ मा बजारमा ल्याएको हो ।

यसै बर्षदेखि कक्षा ७ को पाठ्यपुस्तक नयाँ पाठ्यक्रम अनुसार सरकारी र नीजि प्रकाशन गृहले प्रकाशन गरेका छन् । जसलाई बिषय बिशेषज्ञको शिफारिसबाट मात्रै पाठ्यक्रम विकास केन्द्रले स्वीकृती दिने गर्दछ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले नै उच्छृखंल गीत तथा नृत्यलाई विद्यालयमा निषेध गरेको अवस्थामा यस्तै झल्को दिने खालको गीतलाई किशोरावस्थाका बालबालिकाहरुलाई पढाउन स्वीकृती दिनु कत्तिको जायज हो बहसको बिषय बनेको छ ।

नेपाल सरकारले नै गत असार १ गते विद्यालयमा गाईने गीत र नृत्यको बिषयमा निर्देशन दिएको थियो ।

शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयमा पत्राचार गरी विद्यालयमा संचालन हुने विभिन्न समारोह, बार्षिक कार्यक्रम, अभिभावक भेला लगायतमा विदेशी गीत संगीत र नृत्यलाई पूर्ण रुपमा रोक लगाई नेपाली लोक संस्कृति र राष्ट्रियता झल्कने गीत संगीत र नृत्यहरुमात्र समावेश गर्न निर्देशन दिएको थियो ।

कक्षा ७ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा पाठ्यपुस्तकको युनिट २ को हाम्रा सामाजिक मूल्य र मान्यता Social Norms and Values को छैठौं पाठ नेपाली लोक संस्कृति-Folk Cultures of Nepal को लोक गीतहरु Folk Songs भागमा उक्त गीत उदाहरणको रुपमा दिइएको छ । जुन पाठमा लोक सांगेतिक बाजाहरु र लोक नृत्यबारे पनि जानकारी दिइएको छ ।

पाठमा लोक गीत भागमा लोकगीत उत्तेजीतEmotional रुपमा भित्री आत्माबाट गाईन्छ । जसले आफ्नो साँस्कृतिक मूल्य र मान्यताको अर्थ राख्छ र जुन एक पिढीबाट अर्को पिढीमा सर्दै जान्छ The songs which are suny from the inner core of thf heart having emotional and cultural meaning, that pass from generation to generation are called folk songsभनिएको छ ।

कक्षा ७ का विद्यार्थीहरु करिब १२–१५ बर्षको उमेरका हुन्छन् । यो किशोरावस्थाको उमेर मनोविज्ञानका हिसाबले चंचलपनको अवस्था हो । शारीरिक विकास संगै संवेगात्मक रुपमा महत्वपूर्ण हुन्छन् ।

त्यसैले पनि यो अवस्थालाई आँधी हुरीको अवस्था(storm and stress) भनि बालमनोविज्ञबाट व्याख्या गरिएको छ । यो अवस्थाका बालबालिका र नेपाली समाजको अवस्था अनुसार यस्ता गीत उदाहरणको रुपमा पाठ्यपुस्तकमै राखिनु कत्तिको उचित होला ?

मेला महोत्सवहरुमा दर्शक तान्न, भिडभाड बनाउन र उफार्न गाईने यस्तो गीतलाई पाठ्यपुस्तकमै राख्नु कति शान्दर्भिक होला ? त्यस्तै कक्षा ७ को कक्षा कोठामा शिक्षकले यो गीत गाउँने र विद्यार्थीले सुन्ने, विद्यार्थीले गाउँने र शिक्षकले सुन्दा कक्षाको वातावरण कस्तो बन्ला ? यो पनि सोचनिय नै छ ।

उक्त पाठ्यपुस्तक लेखकको रुपमा पेशल लुइटेल छन् भने सम्पादकको रुपमा एल पि शर्मा (भेटवाल) छन् । अल्फाबेट बुक्स प्रा.लि.ले बजारमा ल्याएको कक्षा ७ को उक्त पाठ्यपुस्तकको मूल्य ३ सय ६० राखिएको छ । कृष्ण मल्ल बुटवल

Read Full Discussion Thread for this article