Posted by: Rahuldai May 21, 2014
Hajur Buwa beetda
Login in to Rate this Post:     0       ?        
त्यसो त साझामा ठुल्दाई यही राहुलभाइ लाइ भन्छन क्या र पनि ठुल्दाई ००७ को दुख:द घडी मा समबेदना प्रकट गर्दै केही सुझाव बुँदागत रुपमा राख्दै छु |

१. पहिलो त आफन्तको अबसानमा दुख मनाउ आत्मले गर्ने हो | श्रद्धा भाव देखावटी हुनु हुन्दैन | दुखको बेला हो, कुनै पार्टी भोज उत्सव नगर्नु र सम्झनामा मृतकलाई राख्नु नै ठुलो कुरा हो |

२. खाने कुरा बार्ने सन्दर्भमा भने सक्दो बारे हुन्छ, बाध्यता छैन , आत्म मारी मारी बार्नु अर्को पाप हो | सक्दो भन्नाले मासु अण्डा र पेय पदार्थ | सकिन्छ भने लसुन प्याज र गोलभेडा | तर सबै चिज परदेशमा सम्भव नहुन सक्छ |

३. कति दिन भन्ने सन्दर्भमा परम्परा नै मान्ने हो भने तपाइँ कुन समाजको हो भन्नेमा भर पर्छ | ब्राम्हण क्षेत्री लगायत हिन्दू धर्मालम्बी हो भने १२ दिन सम्म बार्दा फरक नपर्ला | यदि नेवार हुनु हुन्छ भने बौद्ध मार्गी हो भने ७ दिन र हिन्दू हो भने १२ दिन | अन्य जनजाति हो भने तदअनुसार गर्नु होला |

४. फेरी एक पल्ट श्रद्धा भाव भनेको दर्शन हो प्रदर्शन हैन | त्यसैले नसक्ने कुरा देखाउनलाई मार्न गर्नु भनेको ढोंगी हुनु हो | सकिन्छ भने एक मिनेट प्रात कालमा सम्झनुस | उहाँहरुले देखाएको बाटोमा हिड्नुस , मार्ग निर्देशन पालन गर्नुस . त्यहि नै सच्चा श्रद्धान्जली हो |

हार्दिक श्रद्धान्जली ...............
Read Full Discussion Thread for this article