Posted by: missnepalus May 19, 2014
Miss Nepal US 2013 Winner Bartika Rai To Teach at Maya Academy
Login in to Rate this Post:     0       ?        

खसोखास साप्तहिक /न्युयोर्क
        मिस नेपाल अमेरिका २०१३ बार्तिका राईले विदेशमा बस्दै आएका नेपाली युवायुवतीहरुले सहयोगमा संचालित माया युनिभर्स एकेडेमीमा कलासम्बन्धि शिक्षा दिने नयाँ परियोजना भित्राउने भएकी छिन् ।   माया युनिभर्स एकेडेमीले नेपालमा

मिस नेपाल अमेरिकाले नेपालको ग्रामिण भेगका बालबालिकालाई कला सिकाउने

 गरिब वालबालिकाहरुका लागि तनहु, उदयपुर र स्याङजामा विद्यालय संचालन गरिरहेकोमा मिस नेपाल अमेरिका राईले उदयपुरको चिसापानीमा रहेको सगरमाथा स्कुलमा कलासम्बन्धि कक्षा संचालनको परियोजना ल्याएकी हुन् । 
       न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले भनिन् –‘केही दिनपछि कला सिकाउने प्रोजेक्टका साथ म नेपाल जाँदैछु । मैले माया युनिभर्स एकेडेमीले उदयपुरमा संचालन गरेको स्कुलमा गएर बालबालिकाहरुका लागि कलासँग सम्बन्धित कक्षा संचालन गर्नेछु । म त्यसका लागि एकदमै एक्साइटेड छु । ’ उनले बालबालिकाहरुलाई गायन, नाट्य, गितार वाधन, कथावाचन, लेखन लगायतका कला सिकाउने जानकारी दिइन् । 
       बार्तिकाले भनिन् –‘मैले कला सम्बन्धि कक्षाको सुरुवात गर्नेछु । पछि अन्य साथीहरुले त्यसलाई निरन्तरता दिनुहुनेछ । त्यसका लागि मैले इच्छुक दाताहरुबाट आर्थिक संकलन समेत गरिरहेकी छु । ’ माया युनिभर्स एकेडेमीले संचालन गरेका तीनवटा सामुदायिक विद्यालयहरुमा स्थानीय शिक्षक राखेर पठनपाठन संचालन गरिदै आएको छ । 

 

- See more at: http://khasokhas.com/news/370#sthash.QvrwN3L0.BGc5z769.dpuf
Read Full Discussion Thread for this article