Posted by: aspirenepal May 18, 2014
नेपाल गरिब र नेपाली धनि भाकै हो त ????
Login in to Rate this Post:     0       ?        
हरेक नेपालीको प्रत्येक दिनको खर्च १२२ रुपैयाँ रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले आइतबार सार्वजनिक गरेको घर परिवार सर्वेक्षण– २०६९/७० को तथ्यांक अनुसार, सहरी क्षेत्रको जनसंख्याको खर्च गर्ने क्षमता बढी छ।
सहरी क्षेत्रमा बसोबास गर्ने प्रतिव्यक्तिको औसत खर्च २३० रुपैयाँ ५० पैसा छ भने ग्रामीण क्षेत्रमा बसोबास गर्नेको एक सय रुपैयाँ ५० पैसा छ।नेपालमा सबैभन्दा गरिबको दैनिक खर्च ४२ रुपैयाँ छ भने सहरका धनीले ४१२ रुपैयाँ खर्च गर्छन्। त्यसैगरी, ग्रामीण क्षेत्रका गरिबले दैनिक ३९ रुपैयाँ र धनीले ३१८ रुपैयाँ खर्च गर्छन्।
विभागका अनुसार, ग्रामीण क्षेत्रको तुलनामा सहरमा बेरोजगारी बढी छ। सहरी क्षेत्रमा ६१ प्रतिशत मानिसले रोजगारी प्राप्त गरेका छन्। त्यस्तै, ग्रामीण क्षेत्रमा ८२.४ प्रतिशत जनसंख्याले रोजगारी पाएका छन्।
त्यसैगरी, महिलाको तुलनामा बढी पुरुष रोजगारी गर्छन्। पुरुष जनसंख्यामध्ये ८२.९ प्रतिशत रोजगारप्राप्त छन् भने महिला जनसंख्याको ७४.९ प्रतिशतमात्र रोजगार छन्।
२० देखि २४ वर्ष उमेर समूहको जनसंख्या बढी बेरोजगार रहेको पाइएको छ। नेपालमा जनसंख्या वृद्धिको तुलनामा पर्याप्त रोजगारी सिर्जना नहुँदा गरिबी दर हरेक वर्ष ३.३ प्रतिशतले बढेको छ।
- See more at: http://www.nagariknews.com/main-story/story/18249#sthash.BAB6njWc.dpuf
Read Full Discussion Thread for this article