Posted by: thenycpost May 16, 2014
:)
Login in to Rate this Post:     0       ?        
न्यु योर्क शहरमा हप्तौ हुने सांगीतिक कार्यक्रम मा आक्कल झुक्कल आँखा जुध्ने फर्साइलो औरत संग आज अचानक रेल मा कुराकानी भयो ! साथमा अरु तिन जना अधबैंसे मरतहरु पनि थिए !
उहाँ चाही तपाइको श्रीमान ?
होइन ! बुडा त नेपाल मै हुनुहुन्छ !
अनि ?
मलाई बिहा गरेर ल्याउने बुडा हो !
अर्को लाइ इसारा गर्दै मेरो सोधाइ ! उहाँ चाहि ?
मैले विहा गरेको बुडा !
अनि पिछाडी उभिनु हुने ?
अब छिट्टै हाम्रो पारपाचुके हुँदैछ, त्यस पछी मैले बिहा गर्ने बुडा !
अस्ति त अर्कै संग देखेको थिएँ !
ए... उ त ब्वाई फ्रेन्ड ! कति धेरै प्रश्न सोध्नु भा ! तपाईं लाइ नि लाइनमा राखु ?
भनेर सोधिन !
म ! भयो ! मेरो पनि तपाईं कै जति लामो लाइन छ भन्दै रेल बाट निस्किए !
यो चील भाको राहदानी हुनु कति जाति !!
Read Full Discussion Thread for this article