Posted by: thenycpost May 15, 2014
Pradip Poudel vs Khagendra Gc
Login in to Rate this Post:     0       ?        
Pradip Poudel vs Khagendra Gc
Pradip:
सबथोक गर तर कलियुगमा कसैको उद्धार नगर

*******************************
नारी करुणा र दयाकी खानी हुन् । तर, महिलाकै कारण कुनै पुरुष कतिसम्म पीडित र विक्षिप्त बन्न सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण बनेको छु ।
५० वषर्ीय म २५ वर्ष अर्थात् सन् १९८९ देखि अमेरिकामा बस्दै आएको छु । नेपालमा घर तनहुँ हो । एउटी महिलाले आफ्नो स्वार्थपूर्तिका लागि कुनै पर-पुरुषलाई होइन, सँगै मर्ने र सँगै जिउने कसम खाएको श्रीमान्लाई जेलमा सडाउन खोज्नेसम्मको हर्कत गरेकी छन् । कुनै श्रीमान् सफल हुनुका पछाडि श्रीमतीको ठूलो हात हुन्छ । तर, मिचिगन राज्यमा स्वयं सफल व्यावसायिक जीवन बिताउँदै आएको म अहिले आफ्नै श्रीमतीका कारण घर न घाटको अवस्थामा पुगेको छु ।
अमेरिकी मूलकी युवतीसँग विवाह गरेको थिएँ । तर, सन् २००५ मा क्यान्सर रोगका कारण उनको निधन भयो । केही समयपछि क्यालिफोर्निया बसोबास गर्दै आएकी नेपाली मूलकी ५० वषर्ीया कल्पना घिमिरेसँग विवाह गरेँ । काठमाडौंको चाबहिल घर भएकी, तीन छोरीकी आमा कल्पना पूर्वपतिसँग सम्बन्धविच्छेद गरेर अमेरिकामा बस्दै आएकी थिइन् । हाल उनकी जेठी छोरी प्रजिता ज्ञवालीको नेपालमै विवाह भइसकेको छ । बस्नेत थरका युवासँग विवाह गरी अहिले उनी कल्पनाकै घरमा बस्दै आएकी छन् । यता, कल्पना दुई छोरीका साथ अमेरिकामा बस्थिन् । उनीसँग पहिलो भेट व्यापारको सिलसिलामा सन् २००६ मा भएको हो । वैधानिक रूपमा बसोबास गर्दै आएको मसँग कल्पनाको विवाह स्ट्याटस प्राप्तिका लागि मात्र थियो भन्ने कुरा त्यसयताका घटनाक्रमले पुष्टि गरेका छन् ।
विवाहपछि कल्पनाका दुई छोरीलाई पनि आफ्नै छोरीसरह स्विकार्दै आफूसँगै राखेको थिएँ । विवाहपछि गि्रनकार्ड बनाउन उनले आफ्नो नाममा सम्पत्ति देखाउन आवश्यक थियो । मैले सामाजिक परम्पराअनुसार विवाह गरेर भित्र्याइसकेको, अगाध माया र स्नेह गर्ने भएकाले गि्रनकार्ड बनाउन आफ्नो सम्पत्ति नामसारी गर्न कन्जुस्याइँ गरिनँ । नामसारी गर्न मलाई उनै कानुन व्यवसायी खगेन्द्र जिसीले सुझाएका थिए । त्यसबीच कल्पना नेपाल गइन् । यस्तै विविध कारण उनको गि्रनकार्ड बन्न केही ढिलो भयो । पछि खगेन्द्रले उनको रेखदेखका लागि पनि कल्पनाको सहयोग आवश्यक पर्ने अनिवार्य अवस्था देखाएर मलाई मेरो मानसिक सन्तुलन ठीक नभएको मेडिकल रिपोर्ट बनाउन लगाए । कानुन व्यवसायीको सल्लाह मान्दै आफू ठीक हुँदाहुँदै पनि कल्पनाको गि्रनकार्डकै लागि आफ्नो मानसिक सन्तुलन ठीक नभएको रिपोर्टमा सही छाप गरँे । त्यसक्रममा मलाई मानसिक सन्तुलन ठीक नभएको उपचारका लागि औषधिसमेत ल्याइयो ।
यसरी केवल गि्रनकार्डकै लागि एउटा सद्दे मानिसलाई कानुनी रूपमै पागल भएको पुष्टि गराइयो । र, गि्रनकार्ड बनाइयो ।
सम्पत्तिसमेत कल्पनाको नाममा गरिदिएपछि कानुनी रूपमै पनि सम्पत्तिको भोगचलन गर्नबाट वञ्चित बनेँ । त्यसयता सम्पत्तिको भोगचलन आफूखुसी कल्पनाले गर्दै आएकी थिइन् । उनले नेपालमा रहेका पूर्वपति बुद्धिप्रसाद ज्ञवालीसँग सम्बन्धविच्छेद गरेको अमेरिकामा गि्रनकार्ड बनाएर बस्ने निहित उद्देश्यका लागि मात्र रहेछ । अहिले पनि पूर्वपतिसँग सम्बन्ध सुमधुर नै छ । मसँग बिहे गरेपछि नेपाल जाँदा पनि उनै पूर्वपतिसँग बसेकी थिइन् । नेपाल गएका बेला एयरपोर्टमा लिनसमेत उनै बुद्धिप्रसाद गएको हुनाले त्यो सम्बन्धविच्छेदको कुनै औचित्य नरहेको बुझिन्छ ।
यतिसम्म पनि ठीकै थियो, त्यसपछि खगेन्द्रकै सल्लाहमा मविरुद्ध जे-जस्तो कदम चालिन्, त्यसले एउटी महिला सम्पत्तिका लागि कतिसम्म क्रूर र निर्दयी बन्न सक्छिन् भन्ने स्पष्ट हुन्छ । विवाह भएको केही समयपछि तीन महिनाको गर्भपतन भयो । के निहुँ पाउँ भनेर बसेका उनीहरूका लागि यही एउटा गतिलो निहुँ बन्यो । र, खगेन्द्रकै सल्लाहमा गत वर्ष कल्पनाले मविरुद्ध घरेलु हिंसाको अभियोगमा मुद्दा दायर गरिन् । कल्पनाका दुई छोरीलाई समेत आफ्नै छोरीसरहको व्यवहार गर्दै आएको मैले उनीहरू कसैलाई कहिल्यै दुव्र्यवहार गरेको छैन । गर्भपतन हुनुमा पनि मेरो कुनै कसुर थिएन । तर, म आफ्ना कुरा व्यक्त गर्न सक्ने हैसियतमै छैन । किनकि मलाई उनीहरूले यसअघि कानुनी रूपमै मानसिक सन्तुलन गुमाइसकेको पागल बनाइदिएका छन् । म पागल हुँदै होइन । पूर्णरूपमा स्वस्थ छु । आफ्नो मानसिक अवस्थाबारे अझै पनि संसारका जुनसुकै अस्पताल र प्रयोगशालामा जँचाउन तयार छु । तर, मलाई उनीहरूले मेरो मानसिक अवस्था ठीक नभएकाले घरेलु हिंसा गरेको झुटा आरोपमा फसाउने प्रपञ्च गरिरहेका छन् । किनकि, उनीहरूले मेरो मानसिक अवस्था ठीक नभएको पुष्टि गराइसकेका छन् ।
अमेरिकामा महिलाविरुद्धको घरेलु हिंसालाई जघन्य अपराधका रूपमा लिइन्छ । कल्पनाका तर्फबाट यो मुद्दामा सम्पूर्ण तारतम्य मिलाउने काम उनै खगेन्द्रले गरेका छन् । अहिले अमेरिकी अदालतमा जारी यो मुद्दा छिट्टै फैसला हुने चरणमा छ । पुरुषभन्दा महिलाको बढी अधिकार भएको अमेरिकामा कानुनी रूपमा चारैतिरबाट पंगु बनाइएकाले निश्चित छ, यदि मेरोविरुद्ध फैसला भएमा काराबासको सजाय भोग्नुपर्ने हुन्छ ।
त्यसैले देश/विदेशका सञ्चारकर्मी, मानवअधिकारवादीलगायत सम्पूर्ण सचेत वर्गसमक्ष मेरो पक्षमा आवाज उठाइदिन विनम्र अनुरोध गर्दछु । मैले कुनै अन्याय गरेकै छैन । प्रदीप पौडेल
वेस्टपोर्ट, कनेक्टिकट
अमेरिका
सम्पर्क फोन नम्बरः- १७१८४५०२९५३

फेसबुकमा सम्पर्कका लागि
Pradip Poudel (Lincoln Everest)
Email: pppkpsa@gmail.com

Khagendra GC:
प्रेस वक्तब्य मे ८, २०१४

सम्पूर्ण पत्रकार साथीहरु र अमेरिका लगायत संसारका बिभिन्न स्थानमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार ।

यो बक्तव्य विभिन्न संचारमध्यामद्वार प्रकाशित गरिएको गलत, तथ्यहिन र भ्रामपुर्ण प्रचारको खन्डन गर्नका लागि प्रकाशन गरिएको छ । उक्त प्रकाशनमा आएका कुराहरु खासगरी मेरो चरित्रहत्या गर्ने षड्यन्त्रपूर्ण र भ्रामक प्रोपोगान्डा भएको कुरा पाठक मित्रहरुलाई जानकारी गराउन चाहन्छु । अहिले खासगरी एनआरएन अमेरिकाको चुनावको पूर्वसन्ध्यामा मेरो अध्यक्ष पदको उम्मेद्बारीलाई नकरात्मक अभियान (Negative Campaign) गरी मलाई बद्नाम गर्ने निन्दनिय प्रयास हो । म यस् कुराको घोर भर्त्सना गर्दछु । म लामो समयदेखी अमेरिकाको न्यूयोर्कमा कानूनी पेशामा सकृया छु र धेरै मुद्दहरुमा काम गरेको छु । हाल म कनून ब्यवसायसंगै अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्ने उद्देश्यका साथ आगामी जुन महिनामा हुन लागेको एनआरएन एनसिसि अमेरिकाको निर्वाचनमा अध्यक्षको प्रत्यासी बनेको कुरा यहाँहरुलाई अबगत नै छ ।

मेरो बिरुद्ध भईरहेका त्यस्ता भ्रामक प्रचारबाजीहरु खुलेआम मेरो चरित्रहत्या गर्ने नियतका साथ भाईरहेकाले त्यस्ता प्रचारबाजिमा विश्वास नगर्न म आम अमेरिकाबासी लगायत सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुमा अनुरोध गर्दछु । कुनै पनि कIनूनी बिषयमा अदालतसम्म जाँदा जित हार हुनु स्वाभाबिक कुरा हो । त्यसमा अदालतको निर्णय नै सबैले मान्नुपर्ने हुन्छ । कानून ब्यबसायिको काम अन्यायमा परेकाहरुलाई न्याय दिलाउन प्रयत्न गर्नु हो तर अन्तिम फैसला गर्ने निकाय अदालत नै हो । तर कुनै सेवाग्राहिको हार हुनासाथ कानून ब्यबसायिकोनै चरित्रहत्या हुनेगरी बद्नाम गर्न खोज्नु निन्दनिय कार्य हो । मलाई बद्नाम गर्ने नियतले भएका यस्ता कृयाकलापको घोर भर्त्सना गर्दै यस्तो निन्दनिय प्रचार बन्द गर्न म सम्बन्धित सबैमा निबम्र अनुरोध गर्दछु ।

साथीहरु, म एनआरएन एनसिसि अमेरिकाको अध्यक्षको उम्मेद्वार भएको अवस्थामा यसप्रकार भ्रामक समाचार प्रकाशनमा ल्याउनु मेरो चुनावलाई प्रभाब पार्ने षड्यन्त्रपूर्ण खेल हो भन्ने कुरा स्वत:सिध्द छ । यो सबै झुटा कुराहरु प्रचारमा ल्याइ मलाई हराउन बदनियतपूर्ण प्रयास मात्र हो । पेशाले वकिल भएको नाताले मैले बहस गर्ने र न्यायधिसले फैसला सुनाउने हो । यस् प्रकृयामा मैले आजसम्मा कुनै पनि गैरकानूनी कृयाकलापमा साथ नदिएको र सङ्लग्नता पनि नरहेको जानकारी गराउदछु । त्यसैले यो सस्तो लोकप्रियताका लागि गरिएको भ्रमपुर्ण प्रचारबाजी मात्र हो भन्ने कुरा सम्पूर्ण एनआरएन साथीहरुले बुझ्न जरुरी छ । राज्यको चौथो अङ्गको रुपमा सम्मनित पत्रकारिता र पत्रकारहरुलाई पेशागत मर्यादा बिपरित यस्तो बदनियतपूर्ण चरित्र हत्या गर्ने समाचार प्रकाशित नगर्न पनि आग्रह गर्दछु ।

मेरो बिरुध्द भएरहेको गलत प्रचारबाजीबाट मेरो मानहानी भएको मेरो दाबी छ । त्यसैले मेरो नाम जोडेर प्रकाशित भ्रमपुर्ण सामाग्रीहरु हटाउनुहुन म सम्बन्धित संचारमाध्यमलाई पनि अनुरोध गर्दछु । अन्यथा एउटा ब्यक्तिको हिसाबले न्याय खोज्ने अधिकार मलाई पनि छ ।

अन्त्यमा सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुमा भ्रमपूर्ण समाचारमा विश्वाश नगर्न पुन: अनुरोध गर्दछु । पत्रकार बर्गलाई कुनैपनी सामाग्री प्रकाशित गर्नुअघी सो को प्रभाब बुझेर मात्र प्रकाशित गर्नुपर्ने जिम्बेवारी प्रती पनि सचेत गराउन चाहन्छु । यस्तो भ्रमपूर्ण प्रचारबाजी तत्काल बन्द नभएको खन्डमा प्रचारक एबम प्रचारगर्ने संचारमाध्यम बिरुध्द आबस्यक कानूनी कार्यबाही गर्ने कुरा अबगत गर्न चाहन्छु । आफ्नो पेशामा प्रतिबध्द रहदै र एनआरएन अमेरिकाको नेत्रित्व गर्दै तपाईंहरुका साझा मुद्दा सुल्झाउने अभियान सधैं जारी रहनेछ।

खगेन्द्र जीसी
अध्यक्ष उम्मेदवार
एनआरएन एनसीसी, अमेरिका
Read Full Discussion Thread for this article