Posted by: anmanasea2014 May 15, 2014
साहित्य समिति, १० औ एन्मा-नासा संयुक्त सम्मेलनको अपिल
Login in to Rate this Post:     0       ?        

साहित्य समिति, १० औ एन्मा-नासा संयुक्त सम्मेलनको अपिल   

आदरणीय साहित्य अनुरागी महानुभावहरु, 

मुख्य रुपमा संयूक्त राज्य अमेरिका र यस आसपासका अन्य देशहरुमा रहुनुभएका नेपाली भाषा र साहित्य प्रेमीहरु एउटै थलोमा भेला भएर नेपाली भाषा र साहित्यको विविध विधाहरु वाचन गर्ने, श्रवण गर्ने र तिनको ज्ञान लिने उद्देश्यका साथ यही अगष्ट २९ देखि अगष्ट ३१, २०१४ सम्म डेन्भर, कोलोराडोमा हुन गइरहेको १० औ एन्मा-नासा सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एन्मा, नासा, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, तथा नेपाली घरद्वारा संयुक्त रुपमा साहित्य महोत्सव र नेपाली भाषा साहित्य कार्यशाला आयोजना हुँदैछ । यो अवसरमा बाल तथा खुल्ला समूहमा कविता प्रतियोगिता, साहित्यिक कार्यपत्रहरुको प्रस्तुती, कविता तथा गजल वाचन, श्रष्टाहरुको सम्मान, शुद्ध नेपाली लेखन तथा साहित्यिक कार्यशाला जस्ता बिभिन्न कार्यक्रमहरु गर्ने लक्ष्य राखिएको छ । 

संस्थाहरुले जतिसुकै प्रयास गरे पनि यस्ता कार्यक्रमहरुको सफलता भने मुख्य रुपमा यहाँहरु जस्ता साहित्य अनुरागीहरुको सहभागीतामा र सहयोगमा निर्भर रहन्छ । त्यसैले अमेरिकाको सुन्दर राज्य कोलोराडोमा हुन लागेको यस साहित्य महोत्सबमा यहाँहरुको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ । हामी यहाँलाई ख्यातीप्राप्त नेपाली साहित्यकारहरुको सुन्दर रचनाहरु सुनाउन कोशिस गर्ने छौ र यहाँलाई सुन्दर रचना कसरी सिर्जना गर्ने त्यो सिकाउन कोशिस गर्ने छौ ।  

यो महोत्सवमा यहाँहरु हामीले प्रस्ताव गरेका बाहेक पनि अन्य कुनै साहित्यिक कार्यक्रम आयोजना भएको हेर्न चाहनुहुन्छ ? अथवा हामीले प्रस्ताव गरेको कार्यक्रमहरु मध्ये यहाँलाई कुनै चित्त नबुझेको कार्यक्रम पनि छ कि ? यो महोत्सवमा यहाँहरु अमेरिकामा रहनु भएका कुन कुन नेपाली साहित्यकारहरुको रचना श्रवण गर्न चाहनुहुन्छ ? यी र यी जस्तै बिषयहरुमा यहाँहरुको सुझाव र सल्लाहलाई हामी हार्दिक स्वागत गर्दछौ । 

साथै यस्ता साहित्यिक कार्यक्रमहरुलाई सफल बनाउन आवश्यक अर्को महत्वपूर्ण पक्ष भनेको यहाँहरु सबैबाट प्राप्त हुने आर्थिक सहयोग पनि हो । यहाँहरुबाट प्राप्त हुने विज्ञापनको रकम, पुरस्कार रकम अथवा कुनै पनि किसिमको आर्थिक सहायता रकम यस महोत्सवलाई सफल बनाउन अत्यन्त महत्वपूर्ण हुनेछ । प्रवासमा नेपाली भाषा तथा साहित्यको माध्यमद्वारा नेपाली पहिचानलाई बचाइराख्ने हाम्रो प्रयासमा यहाँहरु अवश्य सहभागी हुनुहुनेछ भन्ने विश्वासको साथ आफ्नो सल्लाह, सुझाव र सहयोगको लागि rpsitaula@gmail.com मा संपर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ । 

राजु सिटौला 
संयोजक 
साहित्य समिति 
१० औ एन्मा-नासा संयुक्त सम्मेलन, डेन्भर 

Read Full Discussion Thread for this article