Posted by: YoTaBhayanaNiSom May 15, 2014
बुद्धम शरणं गच्छामी _"तथागत बुद्ध घर फर्किंदा"
Login in to Rate this Post:     1       ?         Liked by
किड्डो सोम, कसैले बुद्धलाई भगवान को रुपमा मान्छन या बुद्ध मार्गले भगवान सम्म पुर्याउछ भन्ने बिस्वास गर्छ भने त्यो स्वत धार्मिक हुन्छ| जब कुरा धर्मको आउछ, त्यहाँ तर्कको अस्तित्व समाप्त हुन्छ| फलस्वरूप यसमा मेरो भन्नु केहि छैन| आ-आफ्नो बिस्वास र च्वाइसको कुरा मात्रै हो सोम| तर यदि बुद्धको ज्ञान र मार्गलाई मात्रै अध्ययन गर्ने हो र बुद्ध मान्नेले के गरे, के गरेनन भन्ने तिर ध्यान नदिने हो भने बुद्ध मार्ग धर्म हुनै सक्दैन भन्ने हाम्रो बिस्वास छ| धर्म हुनलाई भगवानको अस्तित्व स्वीकार गर्नु जरुरि हुन्छ, जुन बुद्ध मार्गमा देखिन्न| कसैले राम्ररी बुझेरै बुद्ध मार्गलाई धर्मको रुपमा ग्रहण गर्छन, जुन कुरालाई नकारात्मक तवरमा लिनु पर्ने जरुरि छैन, भने अधिकांशसंग आधारभूत ज्ञानको कमि छ| यहि कारण उहिलेका हिन्दुहरुले बुद्धलाई नास्तिकको संज्ञा दिएका हुन्|
Last edited: 15-May-14 01:51 PM
Read Full Discussion Thread for this article