Posted by: _____ May 10, 2014
एमाओवादी भत्काउन मन छः दाहाल
Login in to Rate this Post:     0       ?        

नयाँ पार्टी बन्दैछ: श्रेष्ठ

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईनिकट नेता टोपबहादुर रायमाझीले बिहीबार राजधानीमा नयाँ पार्टी बन्न लागेको घोषणा गरेको भोलिपल्ट अर्का नेताले भट्टराई नेतृत्वमा बन्न लागेको स्वीकार गर्दै नयाँ पार्टी र त्यसको औचित्य प्रष्ट्याएका छन्। भट्टराईका अत्यन्तै निकट मानिने नेता गंगा श्रेष्ठले सेतोपाटीसँग कुरा गर्दै भने, 'रायमाझीको घोषणा सही हो, र नयाँ पार्टी बन्दैछ।'

एमाओवादी पार्टी केन्द्रीय सदस्य, श्रेष्ठ भट्टराई प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव थिए।

अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक वैचारिक पक्ष, पार्टी संगठन र संचरनामा असन्तुष्ट बनेर राष्ट्रिय सम्मेलन बहिस्कार गरेर हिँडेका भट्टराईपक्षधर अहिले नयाँ पार्टी निर्माणबारे विभिन्न दलहरूसँग छलफलमा जुटिरहेको रायमाझीले बताएका थिए।

'नेपाली समाजको आर्थिक, सामाजिक आवश्यकताअनुसार पार्टी टुट्ने–फुट्ने र नयाँ पार्टी बन्ने कुरा सामान्य हो,' श्रेष्ठ भन्छन्, 'तर उहाँको पारिवारीक भ्रमणलाई नयाँ पार्टी गठको प्रक्रियासँग जोड्न मिल्दैन।'

उनका अनुसार मुलुक समाजवादी क्रान्तिको बाटोतर्फ उन्मुख भइरहेको परिप्रेक्ष्यमा एमाओवादीमा अहिले बनेको पार्टी संगठन र संरचनाले समाजवादी क्रान्ति सफल गर्न सक्छ सक्दैन भन्ने विषय भट्टराई पक्षको 'अग्निपरीक्षा' हो। तर नेपाली समाज जुन रुपमा अहिले गुजि्ररहेको छ त्यसले समाजवादी क्रान्तिलाई तत्कालै पूरा गर्ने अभिभारा पूरा गर्न नसक्ने भन्नेमा ढुक्क छन् बाबुरामका नेताहरू।

'त्यसका लागि पहिले मुलुकको पूँजी विकास गर्नुपर्‍यो, समाजलाई आर्थिक रुपमा सबल बनाउनुपर्‍यो,' श्रेष्ठ भन्छन्, 'समाजवादी क्रान्तिकै कुरा गर्ने हो भने पनि अहिलेको एमाओवादी मूल नेतृत्व पार्टी संरचनाले त्यो पूरा गर्न सक्दैन।' त्यस्तो अवस्था आउनेवित्तिकै पार्टी फुट्ने अवस्था स्वभाविक आउने श्रेष्ठको तर्क छ।

पुष्पकमल दाहालले कम्युनिस्ट एकतासहितको नयाँ शक्ति निर्माणको कुरा उठाइरहँदा भट्टराई पक्षले त्यसका लागि पार्टी संरचनामा आमूल परिवर्तन आउनुपर्ने उठाइरहेको थियो। दाहालको कार्यदिशा 'समाजवादी क्रान्ति'सँग बाबुरामको विमति हैन, कम्युनिस्ट एकता र अहिलेको एमाओवादी संगठन ढाँचा मुख्य थियो। 'एमाओवादी अहिले परम्परावादी संरचनाकै अवधारणामा गुज्रिरहेको छ,' श्रेष्ठ भन्छन्, 'यो भनेको जनयुद्धकालकै संरचना हो, अहिले नेपाली समाजमा आकाशपाताल भिन्न भइसकेको छ, यस्तो अवस्थामा कम्युनिस्ट केन्द्र बनाउने कुरा गर्ने हो भने संगठनात्मक संरचनामा परिवर्तन चाहिन्छ भन्ने बहस बाबुराम कमरेडले गर्दै आउनुभएको हो।'

उनका अनुसार भट्टराई नेतृत्वमा कम्युनिस्ट शक्ति एकतासहितको नयाँ पार्टी बनेपछि त्यसको मुख्य उद्देश्य समाजवादी क्रान्ति नै हो। तर देशको उत्पादन शक्तिमार्फत पूँजी बढाएर मात्र समाजवादी क्रान्तिको मार्गचित्र कोरिने हो।

'जनयुद्ध नेपाली समाजको आवश्यकताअनुसारै भएको थियो,' उनी भन्छन्, 'जनयुद्धको अवस्था त छैन अहिले, समाजवादी क्रान्ति गर्न अहिले कम्युनिस्ट एकता अपरिहार्य बनेको छ र त्यसका लागि मुलुकको उत्पादन शक्ति बढाउनपर्‍यो, पूँजीको विकास गर्नपर्‍यो।' उनको भनाइको आशयले एमाओवादीमा भट्टराईको विमति नेतृत्व र पार्टी संरचनासँग मात्र थियो। त्यसैका लागि भट्टराईले सम्मेलनमा लामो बहस र छलफल गरे। तर श्रेष्ठका अनुसार न अध्यक्ष दाहालले समाजवादी क्रान्ति सम्पन्न गर्ने चित्तबुझ्दो मार्गचित्र ल्याउन सके, न नयाँ खालको पार्टी संरचना निर्माण गर्ने बहस सुन्न चाहे, न नेतृत्व हस्तान्तरण नै गरे।

नयाँ विचार र नयाँ संगठन

श्रेष्ठ भन्छन्,'भट्टराई पक्षको जोड नयाँ विचारमार्फत समाज रूपान्तरण हो। त्यसका निम्ति नयाँ विचारसँगै संगठनात्मक ढाँचा पनि नयाँ हुनुपर्छ। भट्टराई पक्षको भनाइमा दाहाल कार्यदिशामा दुई तीन अस्पष्टता छन्।

पहिलो, कम्युनिस्ट एकता केन्द्र बनाउने र वैद्यदेखि एमालेसम्म एकता गर्ने कुरा उठाउँदा पार्टीभित्रैको भिन्न विचार बुझ्न नसक्नु। दोस्रो, उनको कार्यदिशामा कतै संविधानसभाबाट संविधान बन्दैन भनिएको छ, कतै संविधानसभा आफैंले जन्माएकाले त्यहीँबाट सडकदेखि सदनसम्म लड्नुपर्ने स्वीकार गरिएको छ। यहाँ परस्पर 'दोधारे' मानसिकता व्यक्त भएको बुझाइ रहन गयो।https://mail.google.com/mail/u/0/images/cleardot.gif

'अहिले संविधानसभामार्फत संविधान बन्ने कुरामा शंका गर्दा पार्टीमा विचलन आउन सक्छ,' श्रेष्ठ भन्छन्, 'यत्रो कम्युनिस्ट केन्द्र बनाउने अभियानमा जुटेको हल्ला फैलाउने तर पार्टीभित्रको फरक विचारलाई निरुत्साहित गर्ने प्रवृत्ति कायम राख्ने हो भने त्यसबाट नयाँ विचार र संगठन निर्माणको थालनी निश्चय हुन्छ।'

उनका अनुसार एमाओवादीको राष्ट्रिय सम्मेलनले तत्काल कम्युनिस्ट एकता गरेर 'केन्द्र' बनाउन आफैंभित्रको समस्या पहिल्याउन सकेन। सम्मेलन खालि औपचारिकता पूरा गर्नमात्र उद्धत थियो र त्यसका लागि दाहालपक्षको 'समीकरण' बनिसकेको थियो – सहमति/असहमति जे भए पनि फेरि पनि दाहालकै नेतृत्वमा 'टिके' कमिटी बनाउने र हलले ताली बजाएर वैधानिकता प्रदान गर्ने।
भट्टराई निस्किनेवित्तिकै दाहालले हललाई सम्बोधन गर्ने क्रममा भट्टराई पक्षधर कमिटीमा नबस्ने कुरालाई 'अनुमोदन' गरिएको जानकारी गराएका थिए।

भट्टराई पक्षले पार्टी कार्यदिशाबारे बहसलाई त्यतिधेरै प्राथमिकतामा राखेको थिएन। कम्युनिस्ट एकताकै प्रश्न जटिल थियो र भट्टराई यो सम्मेलनमार्फत पार्टी संगठन संरचनामा आमूल परिवर्तन देख्न चाहन्थे।

Read Full Discussion Thread for this article