Posted by: _____ May 10, 2014
एमाओवादी भत्काउन मन छः दाहाल
Login in to Rate this Post:     0       ?        

विराटनगरमा जे देखियो


    Ganga BC.jpg
    एमाओवादीको राष्ट्रिय सम्मेलन समापनका दिन विराटनगर वीरेन्द्र सभागृहको हलमा करिब ३० प्रतिशत कुर्सी खाली थिए । मञ्चमा बाबुराम भट्टराई पक्षका नेताहरूको स्थान खाली थियो । दाहालका दुईतिर नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी थिए । समापनमा दाहाल भन्दै थिए, 'यो ऐतिहासिक राष्ट्रिय सम्मेलन हो, क्रान्ति बढाउन पार्टीभित्र र बाहिरबाट चुनौती थपिएको छ ।'

    करिब २५ मिनेट लामो समापन भाषणमा उनले प्रतिनिधिहरूलाई विश्वस्त पार्न धेरै भूमिका बाँध्नुपर्‍यो । तैपनि प्रतिनिधिहरूबाट एकै किसिमको प्रश्न आयो, 'के पार्टी पुनर्निर्माण भयो ?' पुनर्निर्माणको सन्देश बोकेर र्फकनुपर्ने कार्यकर्ताहरू अर्को 'विभाजनको बिउ' लिएर फर्के । भट्टराई पक्ष सांगठनिक प्रक्रियाबाट बाहिरिएपछि पार्टी पुनर्निर्माणको नाराले सार्थकता पाएन ।

    सम्मेलन सकिनु करिब एक घन्टाअघि भट्टराई, उनकी पत्नी एवं नेतृ हिसिला यमि, नेता देवेन्द्र पौडेल लगायतका नेता हलबाट बाहिरिएका थिए । समापन हुने बेलासम्म भट्टराई समर्थक अधिकांश प्रतिनिधिहरू बाहिरिइसकेका थिए । कुनै बेला भट्टराईले सम्भावना बोकेका नेताका रूपमा अघि सारेका वर्षमान पुन उनलाई विदाइ गर्न गाडीसम्म आए । नेता रायमाझी भने अन्तिम समयसम्म कार्यक्रम स्थलमै थिए । 'पार्टीमा विधि, पद्धति बसाल्न पद खाली राखेको हो, पार्टी छाडेको होइन । जो पदका लागि मरिहत्ते गर्नुभएको छ, उनीहरूका लागि त्याग गरेको हो,' व्यंग्य मिश्रति बोलीमा भट्टराई भन्दै थिए ।

    राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक दस्तावेज र विधान पारित त भयो, त्यसलाई कार्यान्वयन गर्ने निकाय संगठन एक हिसाबले अपुरो भयो । भट्टराईले जमिन छाडेपछि दाहाल पार्टीभित्र 'प्रतिपक्षीविहीन' भएका छन् । केन्द्रीय समितिमा परेका नेताहरूमा पनि खासै उत्साह आएन, केन्द्रीय समितिको घटुवामा परेका नेताहरूमा झन् हुने कुरै भएन । संस्थापन पक्षकै कतिपय नेताहरु पद नपाएपछि असन्तुष्ट भएर जिल्ला फर्केका छन् । केन्द्रमा नपरेका नेताहरूलाई थामथुम पार्न १५० सदस्यीय समिति बनाउने निर्णय भए पनि त्यहाँ ९९ जनाको केन्द्रीय समिति घोषणा गरियो । सम्मेलनको अन्तिमतिर नेता भट्टराई पक्षका १० जना नेताले हलमै केन्द्रमा नबस्ने जानकारी दिए । भट्टराई र रायमाझीले आफू केन्द्रमा नबस्ने घोषणा गरे पनि केन्द्रमा नबस्ने भनिएका अन्यको नाम नेता रायमाझीले पढेर सुनाएका थिए ।

    केन्द्रमा नबस्ने भनेर नाम सुनाइएको कतिपय नेताहरू अन्योलमा परेका छन् । केन्द्रमा नपरेका नेताहरूलाई कसरी व्यवस्थापन गर्ने, कुनै योजना बनाइएको छैन । भट्टराई पक्षीय नेतृ देवी खड्काले कसरी पार्टीमा काम गर्नेबारे निर्णय लिइनसकेको बताइन् । 'हेरांै, कसरी काम गर्न सकिन्छ, विचार गर्दैछौं,' उत्साहहीन मुद्रामा उनले राजधानी फकर्ंदै गर्दा भनिन् । बैतडीकी प्रतिनिधि एवं नेतृ रेणु चन्द सम्मेलनले केही उत्साहभन्दा चिन्ता थपेको बताइन् । 'उत्साहभन्दा चिन्ता थप्यो । बाबुरामले अब के गर्नुहुन्छ भनेर कार्यकर्ता चिन्तित छन्,' उनले भनिन्, 'सम्मेलनमा एजेन्डामा पनि खासै बहस भएन, संघीयता र पहिचानको मुद्दामा छलफल हुनसकेन । नेतृत्व केन्द्रीय समिति गठनमा केन्दि्रत भयो । त्यसपछि बढी गज्याङ-गुजुङ भयो ।'

    इलामका नेता युवराज पौडेल सम्मेलनले एकताको सन्देश दिन नसकेको महसुस गरेका छन् । 'धेरै गति पैदा गर्न सकेन । कार्यकर्तामा उत्साह भर्न सकेन । सर्वसाधारण जनताले अझै आशा गरेका छन्,

    चित्त बुझ्दो जवाफ दिनुपथ्र्यो,' उनले भने, 'सम्मेलनले एकताको सन्देश दिन सकेन ।'

    नेतृत्वमा भट्टराईलाई अटाउनसकेको भए सम्मेलन सकिने बेला दाहालमा अर्कै उत्साह हुन्थ्यो । भट्टराईको प्रस्तावमा उनी अध्यक्षमा पुनः निर्वाचित भएको भए उनको आत्मबल अझै बलियो हुन्थ्यो तर बाहिरिएपछि चुनौती थपिएको छ । दाहालले भट्टराईबिना कसरी पार्टी एकताबद्ध गर्छन् भन्ने प्रश्न आम कार्यकर्ताको मनमा उठेको छ । भट्टराईबिना उनी पक्षका नेताहरूलाई केन्द्रमा फर्काउनसके भने दाहालका लागि काम गर्न अझ सहज हुने देखिन्छ । किनभने उनले भट्टराईको 'नोट अफ डिसेन्ट' त्यति साह्रो सामना गर्नुपर्ने छैन । संस्थापन पक्षले केन्द्रीय समितिमा नबस्ने घोषणा गरिएका नेताहरू फर्कने दाबी गरेको छ ।

    करिब ५५ लाख रुपैयाँ खर्च लागेको सम्मेलनको मुख्य उपलब्धिचाहिँ करिब १५ महिनाअघि हेटौंडा महाधिवेशनबाट अध्यक्ष चयन भएका दाहाललाई पुनः अध्यक्ष निर्वाचित गर्नु हो । महाधिवेशनले उपाध्यक्ष, महासचिव चयन गरे पनि सम्मेलनले त्यो पनि गरेन, अध्यक्ष र तीन सदस्यीय (दाहाल, श्रेष्ठ र बोगटी) रहेको केन्द्रीय कार्यालय बनायो । सम्मेलनले महिला प्रतिशत यसपटक झन् घटाएको छ । एमाओवादीले कुनै बेला आफ्ना सबै निकायमा महिलाको प्रतिशत ४० पुर्‍याउने बताएको थियो । यसपटक केन्द्रीय समितिमा करिब १५ प्रतिशत महिला छन् ।

    - See more at: http://www.ekantipur.com/np/2071/1/27/full-story/388919.html#sthash.WT8oZlp6.dpuf
    Read Full Discussion Thread for this article