Posted by: _____ May 10, 2014
एमाओवादी भत्काउन मन छः दाहाल
Login in to Rate this Post:     0       ?        

एमाओवादी किचलोले एमालेलाई फाइदा : नेपाल

(0 votes)
रौतहट– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विराटनगरमा भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट एमाओवादीमा उत्पन्न किचलोले आफ्नो पार्टीलाई फाइदा हुने बताएका छन्।
सदरमुकाम गौरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एकात्मक पद्धतिबाट पार्टीलाई अघि बढाउने नेतृत्वको महत्वाकांक्षाका कारण एमाओवादीमा किचलो बढेको बताए। ‘एमाओवादीको आन्तरिक किचलोले लोकतान्त्रिक विचारधारा तथा उदारवादी नीतिका साथ अघि बढिरहेको एमालेलाई संविधान बनाउने बेलामा फाइदा पुग्छ,' उनले भने। तर, उनले अहिलेको महत्त्वपूर्ण घडीमा एमाओवादीभित्र संकट गहिरिनु निकै दुर्भाग्यपूर्ण भएको बताए।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री सुशील कोइरालाले आँट गर्न नसक्दा स्थानीय निकायको निर्वाचन हुन नसकेको बताएका छन्। एमाओवादी र मधेसवादी दल स्थानीय निकाय निर्वाचनको विपक्षमा रहेकाले प्रधानमन्त्री कोइरालाले डराएर आँट गर्न नसकेको उनको भनाइ थियो।
अर्को प्रसंगमा नेता नेपालले जनताको बहुदलीय जनवाद आफंैमा पूर्ण नभएको बताए। उनले पार्टीलाई क्रान्तिकारी धारमा लैजान मेचीदेखि महाकालीसम्म आफूले असल कमान्डरको खोजी गरिरहेको जानकारी दिए। एमाले पार्टीभित्र गुटबन्दी हाबी रहँदै आएको चर्चा गर्दै नेता नेपालले महाधिवेशनअघि सबै विवाद समाधान भई सहमतिबाट नयाँ नेतृत्वको चयन हुने विश्वास व्यक्त गरे।
आफूलाई पार्टीको अध्यक्ष बन्न २५ भन्दा बढी केन्द्रीय युवा नेताले लबिङ गरिरहे पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा नगरेको बताएका छन्।
- See more at: http://www.nagariknews.com/politics/story/17723#sthash.ljif8y6a.dpuf
Read Full Discussion Thread for this article