Posted by: _____ May 10, 2014
एमाओवादी भत्काउन मन छः दाहाल
Login in to Rate this Post:     0       ?        
Best option for Prachanda, now is to dissolve the Party and live peacefully as a retired citizen in Devghat.


That is what I wrote in following thread
http://sajha.com/sajha/html/index.cfm?forum=2&ThreadID=106986
Now latest News  suggest that something similar is happening

एमाओवादी भत्काउन मन छः दाहाल

  • 'राष्ट्रिय सम्मेलनपछि नयाँ पार्टीको जन्म'

  • १८ नेता-कार्यकर्तालाई कारबाही


Prachanda

जनकपुर, वैशाख १५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिराटनगरमा हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट नयाँ पार्टीको जन्म हुने बताएका छन् । दोस्रो धनुषा जिल्ला सम्मेलनको सोमबार उद्‌घाटन गर्दै उनले भने, 'मलाई एमाओवादी भत्काएर अर्कै पार्टी निर्माण गर्न मन लागेको छ । वैशाख १८ देखि बिराटनगरमा हुने राष्ट्रिय सम्मेलनबाट नयाँ पार्टीको घोषणा हुनेछ ।' नयाँ पार्टी निर्माण गर्ने विषयमा केन्द्रीय समितिमा छलफल भइरहेको उनले बताए ।

संविधानसभा दोस्रो निर्वाचनपछि मुलुकमा यथास्थितिवादीको हालीमुहाली भएको भन्दै उनले पहिचानसहितको संघीयतावादीबीच ध्रुवीकरण हुनुपर्नेमा जोड दिए । 'मुलुकभित्रका सम्पूर्ण माओवादीसँग मिलेर माओवादी कम्युनिष्ट केन्द्र निर्माण गर्ने तथा पहिचानसहितको संघीयता समर्थकसँग मिलेर मोर्चा बनाउने योजनामा पार्टी लागेको छ', उनले भने, 'यस्तो मोर्चाबन्दी हुनेबित्तिकै मुलुकको राजनीतिक सत्ता क्रान्तिकाको हातमा आउनेछ ।'

उनले पार्टीभित्र गुट-उपगुटप्रति असन्तुष्टी पोखे । संविधानसभा निर्वाचनका क्रममा पार्टीभित्र  घात-अन्तरघात भएको भन्दै उनले भने, 'क्रान्तिका कम्युनिष्ट आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्ने धनुषामा जित्ने स्थिति हुँदाहुँदै पनि हामी आफ्नै कारणले हार्‍यौँ ।'

जिल्ला सम्मेलन संयोजक रामचन्द्र मण्डलको अध्यक्षतामा भएको उद्‌घाटन समारोहमा पार्टीका मधेस ब्युरो ईन्चार्ज रामचन्द्र झा, केन्द्रीय सदस्य असर्फी भिनवार यादव, दीपक यादव, सभासद रामसिंह यादव र प्रतीक्षा तिवालगायत सहभागी थिए ।

१८ नेता-कार्यकर्तालाई कारबाही

संविधानसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तरघात गरेको आरोप लागेका एक केन्द्रीय सदस्यसहित १८ नेता-कार्यकर्तालाई केन्द्रीय कमिटीले कारबाही गरेको छ ।

छानविन समितिको सिफारिसमा केन्द्रीय सदस्य असर्फी भिनवार यादवलाई ३ महिनाका लागि सदस्यबाट निलम्बन गरेको छ भने पूर्वसभासद फरमुद नदाफलाई पार्टी सदस्य नरहने ग जिल्ला मोर्चाको नेतृत्वबाट हटाएको छ ।

एमाओवादीमा समानान्तर कमिटी

खगेन्द्र अवस्थी

बैतडी- एमाओवादी बैतडीको जिल्ला नेतृत्वमा विवाद चर्किएको छ । दोस्रो जिल्ला सम्मेलनमा विवाद बढेपछि समानान्तर कमिटी गठन भएका छन् । पूर्व सभासद् नरेन्द्र कुँवर र केन्द्रीय सदस्य रेनु चन्दको अध्यक्षतामा दुई वटा जिल्ला कमिटी चयन भएका हुन् । दुवैले आ-आफ्नो प्यानललाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । अघिल्लो संविधानसभामा कुँवर क्षेत्र नं. १ र चन्द क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सभासद् थिए । दुवैले ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेका छन् ।

सम्मेलनमा निवर्तमान जिल्ला संयोजक गोपाल चन्दले रेनुको अध्यक्षतामा जिल्ला कमिटीको प्रस्ताव पेस गरेपछि विवाद चर्किएको हो । कुँवर पक्षका केही कार्यकर्ताले रेनुको अध्यक्षतामा प्रस्ताव गरेको कमिटी मान्य नहुने भन्दै विरोध जनाएको स्रोतले बतायो । रेनु समर्थक १२ कार्यकर्ता आफ्नो प्यानल घोषणा गरी बाहिरिएका थिए । त्यसपछि कुँवरको अध्यक्षतामा अर्को कमिटी चयन भएको सहभागीले बताए । दुवै कमिटीमा अध्यक्ष बाहेक सबैलाई सदस्यमा मात्रै राखिएको छ । 

प्रकाशित मिति: २०७१ वैशाख १५ ०९:२०

- See more at: http://www.ekantipur.com/np/2071/1/15/full-story/388345.html#sthash.MlOZY4aK.dpuf

प्रचण्डले भने- ‘सोसियल डेमोक्रेटिक’ विचलनको खतरा छ

अर्कै वर्गसँग लहसिएको स्वीकार


२७ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईको नाम नलिइकन आफ्नो पार्टीमा ‘सोसियल डेमोक्रेटिक’ विचलनको खतरा रहेको बताएका छन् ।

कम्युनिस्ट नेता निर्मल लामाको १४ औं स्मृति दिवसका अवसरमा शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने-’अहिले कम्युनिष्ट आन्दोलन संकटमा छ । यतिबेला कम्युनिष्ट आन्दोलनभित्र सोसियल डेमोक्रेटिक डेभिएसनको खतरा छ ।’

प्रचण्डअघि निर्मल लामाका छोरा निमा लामाले समाजवादमा जानु भनेको अर्को एमाले हुनु हो भन्दै रिसाएर चीन गएका नेताहरु र बैद्य माओवादीलाई ‘प्रचण्डपथ’को छातामुनि बस्न आग्रह गरेका थिए ।

कम्युनिस्ट आन्दोलन संकटमा परेका बेला पुँजीवादी पतन तीव्र हुने र मार्क्सवादको आधारभूत सिद्धान्तमाथि ठूला नेताहरुले नै प्रश्न उठाउने गरेको भन्दै प्रचण्डले भने-’समाजवादी भनेर डेभिएसन आउन सक्छ, हाम्रो यहाँ पनि मलिलो जमिन भएको छ ।’ क्रान्ति विजय नभएको र प्रतिक्रान्तिको खतरा बढेको भन्दै उनले ‘सामाजिक लोकतन्त्रवादी’ फुटका लागि मलिलो जमीन रहेको बताए ।

अर्कै वर्गसँग लहसिएको स्वीकार

एमाओवादी अध्यक्ष प्रचण्डले एमाओवादी पार्टीले अर्कै वर्गसँग लहसिन पुगेको र बुर्जुवासँग नजिकिएको स्वीकार गरे । दोस्रो संविधानसभा निर्वाचनको परिणाम संख्या मात्र नभएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले भने-’हाम्रो वर्गप्रतिको निष्ठामा स्खलन आयो । हामी अर्को वर्गप्रति अलि बढी लहसियौं । हाम्रो राष्ट्रप्रतिको निष्ठा पनि कमजोर भएकै हो भनेर हामीले भनेका छौं । यो भनेको कहीँ न कहीँ पेटीबुुर्जुवा र बुर्जुवाप्रति हाम्रो आशक्ति हुनु भनेको पनि हो । पार्टीमा अब यसलाई सच्याउनुपर्छ ।’

मालेमाका सिद्धान्तको रक्षा र प्रयोग गर्ने एउटा धार र मार्क्सवादमाथि प्रश्न उठाउने धार देखिन सक्ने उनले बताए । सोसियल डेमोक्रेटिक विचलन आउने बेलामा पेटीबुर्जुवा र बर्जुवाप्रति बढी विश्वास जाग्ने र उनीहरु नै राम्रो लाग्ने र सर्वहारावर्गप्रति इमान्दारहरु नराम्रा लाग्ने मूर्खजस्तो लाग्ने उनले बताए ।

लेनिनलेे मार्क्सवाद बैज्ञानिक रहेको १ हजार १ पटक भन्न आफू तयार रहेको भनेको स्मरण गर्दै प्रचण्डले मार्क्सवाद फेल भएको हो कि नेताहरु फेल भएको हो भन्ने विचारणीय रहेको बताए ।

- See more at: http://www.onlinekhabar.com/2014/05/197930/#sthash.3s0TwQmW.dpuf

Read Full Discussion Thread for this article