Posted by: Sajha Info May 9, 2014
चरित्रहत्या गर्ने प्रयास भएको भन्दै एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार क्षेत्रीको आपत्ति
Login in to Rate this Post:     0       ?        
चरित्रहत्या गर्ने प्रयास भएको भन्दै एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार क्षेत्रीको आपत्ति

    -खसोखास / न्युयोर्क

 एनआरएन अमेरिकामा अध्यक्षका उम्मेदवार खगेन्द्र क्षेत्रीले आफूविरुद्ध भ्रामक प्रचारवाजी भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । क्षेत्रीले वक्तब्य जारी गरी एनआरएन अमेरिकाको चुनावको मुखमा आफूलाई बदनाम गराउन विभिन्न प्रयासहरु भएको भन्दै त्यस्तो बदनियतको भत्र्सना गर्नुभएको छ । आफ्नो चरित्र हत्या गर्ने भ्रामक प्रचारवाजी नरोके कानुनको शरणमा जाने क्षेत्रीले चेतावनी दिनुभएको छ ।

प्रस्तुत छ वक्तब्यको पूर्ण पाठ :

सम्पूर्ण पत्रकार साथीहरु र अमेरिका लगायत संसारका बिभिन्न स्थानमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार । यो बक्तव्य विभिन्न संचारमध्यामद्वार प्रकाशित गरिएको गलत, तथ्यहिन र भ्रामपुर्ण प्रचारको खन्डन गर्नका लागि प्रकाशन गरिएको छ । उक्त प्रकाशनमा आएका कुराहरुखासगरी मेरो चरित्रहत्या गर्ने षड्यन्त्रपूर्ण र भ्रामक प्रोपोगान्डा भएको कुरा पाठक मित्रहरुलाई जानकारी गराउन चाहन्छु । अहिले खासगरी एनआरएन अमेरिकाको चुनावकोपूर्वसन्ध्यामा मेरो अध्यक्ष पदको उम्मेद्बारीलाई नकरात्मक अभियान (Negative Campaign) गरी मलाई बद्नाम गर्ने निन्दनिय प्रयास हो । म यस् कुराको घोर भर्त्सना गर्दछु। म लामो समयदेखी अमेरिकाको न्यूयोर्कमा कानूनी पेशामा सकृया छु र धेरै मुद्दहरुमा काम गरेको छु । हाल म कनून ब्यवसायसंगै  अमेरिकामा रहेका नेपालीहरुको हितमाकाम गर्ने उद्देश्यका साथ आगामी जुन महिनामा हुन लागेको 

एनआरएन एनसिसि अमेरिकाको निर्वाचनमा अध्यक्षको प्रत्यासी बनेको कुरा यहाँहरुलाई अबगत नै छ । 

 

मेरो बिरुद्ध भईरहेका त्यस्ता भ्रामक प्रचारबाजीहरु खुलेआम मेरो चरित्रहत्या गर्ने नियतका साथ भाईरहेकाले त्यस्ता प्रचारबाजिमा विश्वास नगर्न म 

आम अमेरिकाबासीलगायत सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुमा अनुरोध गर्दछु । कुनै पनि कIनूनी बिषयमा अदालतसम्म जाँदा जित हार हुनु स्वाभाबिक कुरा हो । त्यसमा अदालतको निर्णयनै सबैले मान्नुपर्ने हुन्छ । कानून ब्यबसायिको काम अन्यायमा परेकाहरुलाई न्याय दिलाउन प्रयत्न गर्नु हो तर अन्तिम फैसला गर्ने निकाय अदालत नै हो । तर कुनैसेवाग्राहिको हार हुनासाथ कानून ब्यबसायिकोनै चरित्रहत्या हुनेगरी बद्नाम गर्न खोज्नु निन्दनिय कार्य हो । मलाई बद्नाम गर्ने नियतले भएका यस्ता कृयाकलापको घोर भर्त्सनागर्दै यस्तो निन्दनिय प्रचार बन्द गर्न म सम्बन्धित सबैमा निबम्र अनुरोध गर्दछु । 

 

साथीहरु, म एनआरएन एनसिसि अमेरिकाको अध्यक्षको उम्मेद्वार भएको अवस्थामा यसप्रकार भ्रामक समाचार प्रकाशनमा ल्याउनु मेरो चुनावलाई प्रभाब

 पार्ने षड्यन्त्रपूर्णखेल हो भन्ने कुरा स्वत:सिध्द छ । यो सबै झुटा कुराहरु प्रचारमा ल्याइ मलाई हराउन बदनियतपूर्ण प्रयास मात्र हो । पेशाले वकिल भएको नाताले मैले बहस गर्ने रन्यायधिसले फैसला सुनाउने हो । यस् प्रकृयामा मैले आजसम्मा कुनै पनि गैरकानूनी कृयाकलापमा साथ नदिएको र सङ्लग्नता पनि नरहेको जानकारी गराउदछु । त्यसैले योसस्तो लोकप्रियताका लागि गरिएको भ्रमपुर्ण प्रचारबाजी मात्र हो भन्ने कुरा सम्पूर्ण एनआरएन साथीहरुले बुझ्न जरुरी छ । राज्यको चौथो अङ्गको रुपमा सम्मनित पत्रकारितार पत्रकारहरुलाई पेशागत मर्यादा बिपरित यस्तो बदनियतपूर्ण चरित्र हत्या गर्ने 

समाचार प्रकाशित नगर्न पनि आग्रह गर्दछु । 

 

मेरो बिरुध्द भएरहेको गलत प्रचारबाजीबाट मेरो मानहानी भएको मेरो दाबी छ । त्यसैले मेरो नाम जोडेर प्रकाशित भ्रमपुर्ण सामाग्रीहरु हटाउनुहुन म सम्बन्धितसंचारमाध्यमलाई पनि अनुरोध गर्दछु । अन्यथा एउटा ब्यक्तिको हिसाबले न्याय खोज्ने अधिकार मलाई पनि छ । 

अन्त्यमा सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुमा भ्रमपूर्ण समाचारमा विश्वाश नगर्न पुन: अनुरोध गर्दछु । पत्रकार बर्गलाई कुनैपनी सामाग्री प्रकाशित गर्नुअघी सो को प्रभाबबुझेर मात्र प्रकाशित गर्नुपर्ने जिम्बेवारी प्रती पनि सचेत गराउन चाहन्छु । यस्तो भ्रमपूर्ण प्रचारबाजी तत्काल बन्द नभएको खन्डमा प्रचारक एबम प्रचारगर्ने संचारमाध्यमबिरुध्द आबस्यक 

कानूनी कार्यबाही गर्ने कुरा अबगत गर्न चाहन्छु । आफ्नो पेशामा प्रतिबध्द रहदै र एनआरएन अमेरिकाको नेत्रित्व गर्दै तपाईंहरुका साझा मुद्दा सुल्झाउनेअभियान सधैं जारी रहनेछ। 

- See more at: http://khasokhas.com/nrn-news/351#sthash.dCQKKfgt.NF1gCtML.dpuf
Read Full Discussion Thread for this article