Posted by: _____ May 7, 2014
डिजेल चोरी प्रकरणमा थुनिएकालाई छुटाउन कांग्रेस, एमाले र एमाओवादी एकमुख
Login in to Rate this Post:     0       ?        

डिजेल चोर्नेलाई कारबाही गर्न विद्यार्थीको माग

२०७१ वैशाख २४ गते १०:३० मा प्रकाशित
 77  0 
  0

सलमान खान

२४ बैशाख, भैरहवा । भारतबाट नेपाल ल्याइएको डिजेल आयल निगमको डिपोमा नपुर्याई बिचबाटैमा चोर्ने कार्य गरेकोमा रुपन्देही जिल्लाका विद्यर्थी संगठनहरुले (संयुक्त विद्यार्थी संर्घष समिति) प्रेस विज्ञप्ती जारी गरी आपत्ति जनाएका छन् ।

studentनेपाल विद्यार्थी संघ, अखिल अनेरास्विूय विद्यार्थी संगठन, एमाओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन, नेकपा-माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अखिल छैठोले आपत्ति जनाएका हुन् ।

मगंलबार बुटवलमा बसेको संयुक्त विद्यार्थी संर्घष समितिको बैठकमा बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाउने र चोक चोकमा कोण सभा गरी विरोध गर्ने कार्यक्रम रहेको संयुक्त विद्यार्थी संर्घष समितिले अनलाइनखबरलाई जानकारी दिएको छ ।

समितीद्धारा जारी प्रेस विज्ञप्तीमा सधै घाटामा रहेको भनी पटक-पटक चर्काे मुल्यवृद्धि गर्ने आयल निगमले योजनाबद्ध रुपमा केही सरकारी कर्मचारी, व्यावसायी, निगम तथा ढुवानीका कर्मचारीहरुको मिलिमतोमा गरेको अवैध कार्य सार्वजनिक भएपछि माफियाहरु अत्ताल्लिएका छन् भनिएको छ । उक्त घटनामा संलग्न पक्राउ परेका आरोपीहरुलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन जोडदार माग गर्दै आरोपित पक्राउको विरोधमा तेलको आपूर्ति रोक्नु निन्दनीय भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा उक्त चोरी घटनामा संलग्न सम्पूर्ण पक्राउ नपरेका आरोपीहरुलाई पनि तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न र यस्ता घटनाहरुको थप छानविन गरी सहज आपूर्ति गर्न माग गरिएको छ ।

- See more at: http://www.onlinekhabar.com/2014/05/196620/#sthash.9T15e80o.dpuf
Read Full Discussion Thread for this article