Posted by: metta May 6, 2014
चोरीका गाडीमा डीआईजी पत्नी
Login in to Rate this Post:     0       ?        
http://nepalihimal.com/article/%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0/2724

चोरीका गाडीमा डीआईजी पत्नी

चोरीका गाडी पक्राउ गरेपछि कारबाही प्रक्रिया अघि नबढाएर ट्राफिक प्रहरी महाशाखाका अधिकृतहरूले आफैं प्रयोग गर्ने गरेको पाइएको छ।

सिमराबाट पक्राउ परेर काठमाडौं पठाइएको चोरीको गाडी ट्राफिक प्रहरीको प्रतिवेदनबाट गायव छ।

चार महीनाअघि सिमराबाट भारतीय नम्बर प्लेट राखिएका सफारी गाडीहरू पक्राउ गरेर काठमाडौं ल्याएपछि बा १० च ८९७४ र बा १० च ८९६९ नम्बर राखेर ट्राफिक महाशाखामा प्रयोग भइरहेको छ। ३० फागुनमा पक्राउ परेका गाडी र मोटरसाइकलहरू ट्राफिक महाशाखाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दा सिमराबाट पक्राउ गरिएका ती गाडीहरूबारे भने केही भनिएन।

ट्राफिक प्रहरी महाशाखा प्रमुख केशव अधिकारी ती गाडीहरूबारे छानबिन भइरहेकाले सार्वजनिक नगरिएको बताउँछन्। ती गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग नगरिएको बताउँदै उनले कुनै सूचना लिन जाँदा भने प्रयोग गरिने गरेको स्वीकारे। तर, पत्रकार सम्मेलनमा महाशाखा परिसरमा देखिएको बा १० च ८९६९ नम्बरको गाडी २ चैतको बिहान ८.१० मा गोङ्गबु चोकमा अधिकारीकी पत्नी चढेको देखिएको थियो।

देवकी विष्ट
चोरीको गाडीलाई दिइएको यही नम्बरको अर्को गाडी सेती अञ्चलमा प्रयोग भइरहेको छ।

यातायात व्यवस्था विभागका एक प्रतिनिधि त्यो गाडीमा प्रयोग भएको नम्बर १४ साउन २०७० मा अरुण इन्टरकन्टिनेन्टल नामक संस्थाको सानो मारुती गाडीलाई दिइएको र ८ असोजमा सेती अञ्चल पठाएको बताउँछन्। त्यही नम्बर अहिले वागमती अञ्चलमा प्रयोग गरिनु बदमासी भएको ती कर्मचारीको भनाइ छ।

Read Full Discussion Thread for this article