Posted by: gairamailo May 6, 2014
संबिधान खोइ ?
Login in to Rate this Post:     0       ?        
आजकल संबिधान सभाको केहि खबर आको छैन | ६ महिना बितिसक्यो | यसै सन्दर्भमा एक कविता | मनमा लागेको कुरा | आशा मात्र बाकि छ अब | बिस्वास छैन |

रोइ कराई , बिन्ति चढाई
पाएको भोट्ले डंका बजाई
छिरे संबिधानसभा नेता रमाई रमाई
जनतालाई फेरी मुर्गा बनाई

चुनाब चै दोस्रो, तर मान्छे सबै उही
अनि कसरि मिल्थ्यो ,कुरो भो तेही
सोझै गएर कुरो सत्तामा अड्क्यो
७५ बर्षे बुढोको हातमा देशको भाग्य अड्क्यो

महिना महिना गरि भैसक्यो छ महिना
संबिधान कति लेख्यो कसैलाई था छैन
पत्र पत्रिका टी.भी छन् सब चकमन्न
संघियताको कुरा के भयो कसैले भन् न ?

झाले र माले पार्टीका नेताको चु चु सुन्दिन
सर्बहारा नेता भनौदाको नामो निशान भेटिन्न
खबरदार म्याद सकिने दिन कुरेर बसेको त हैन
यस्तो पारा हो भने देशलाई हुने छैन चैन

फेरी पनि होला जब पर्यो राति तब बुढी ताती
तेसरी संबिधान लेख्नु भन्दा नलेखेकै जाती
नभये सबै कुरा जनतालाई छर्लंगै पर्दिन पर्यो
यो संबिधान सभाले देशलाई धुरुधुरु रुवायो

धन्यबाद |
Read Full Discussion Thread for this article