Posted by: _____ May 6, 2014
डिजेल चोरी प्रकरणमा थुनिएकालाई छुटाउन कांग्रेस, एमाले र एमाओवादी एकमुख
Login in to Rate this Post:     0       ?        

डिजेल चोरी प्रकरणमा थुनिएकालाई छुटाउन कांग्रेस, एमाले र एमाओवादी एकमुख

निगमका कर्मचारी नेता भन्छन्- हिरासतमा रहेकालाई तत्काल छाडियोस्

२०७१ वैशाख २३ गते १३:२४ मा प्रकाशित
  172  29  2

२३ वैशाख काठमाडौं । डिजेल चोरी प्रकरणमा संलग्न नेपाल आयल निगमका कर्मचारीहरुलाई छुटाउन कांग्रेस, एमाले र एमाओवादीसमर्थित निगमका कर्मचारी संगठनहरुले माग गरेका छन्

तेल चोरी हुन नदिन खटिएका निगमका कर्मचारीलाई प्रहरीले चोरी अभियोगमा पक्राउ गरेको भन्दै कांग्रेस, एमाले र एमाओवादी निकट कर्मचारी संगठनहरुले मंगलबार दैनिक पत्रिकामा पैसा तिरेर संयुक्त विज्ञप्ति जारी गररेका छन् । उनीहरुले पक्राउ परेका कर्मचारीलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी यूनियनका महासचिव नवराज पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव श्यामकृष्ण महर्जन र नेपाल आयल निगम कर्मचारी संघका महासचिव चन्द्रप्रसाद निरौलाको संयुक्त हस्ताक्षर भएको विज्ञप्तिमा पक्राउ परेका कर्मचारीलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

आयल निगमको रुपन्देहीस्थित भलवारी क्षेत्रीय कार्यालयमा कार्यरत दुर्इ अधिकृतलार्इ डिजेल चोरीमा संलग्न रहेको भन्दै प्रहरीले तीन दिनअघि पक्राउ गरेको थियो । भलवारी डिपोमा आइपुग्नुअघि नै ट्यांकरबाट रुपन्देहीको मधवलिया र पडसरी क्षेत्रमा डिजेल चोरी भएको घटनामा अनुसन्धान गर्न ती कर्मचारीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले घटनास्थलबाट १९ वटा ट्यांकरसहित १७ जार लिटर तेल बरामद गरेको थियो । घटनामा पूर्वमन्त्री दानबहादुर चौधरीका छोरादेखि उद्योग वाणिज्य संघ केन्द्रीय नेताका ट्यांकरसमेत प्रयोग भएको रहस्य खुलेको थियो ।

निगमका कर्मचारी नेताले रिहाइको माग गरेका दुर्इ अधिकृत दीपेन्द्र बस्नेत र रवीकुमार  राउतले हिरासतमा गल्ती स्वीकार गरिसकेको प्रहरीले बताएको छ । तेल चाेरीको रहस्य खुल्नअघिदेखि नै सिल ताेडिएका ट्यांकरलार्इ जाँच पास गरार्इ तस्करसँग मिलेमतो गरेकाे पाइएपछि उनीहरू पक्राउ परेको प्रहरीको भनाइ छ ।

कांग्रेस, एमाले र एमाओवादी समर्थित कर्मचारी संगठनले घटनामा दोषी देखिए कारवाही गर्न भन्नु पर्ने र छानविनमा सहयोग गर्नुपर्नेमा कर्मचारीलाई अविलम्ब हिरासत मुक्त गर्न दबाव दिएका छन् । त्यसैगरी तेल चोरीमा संलग्न ट्यांकर र व्यवसायीहरुलाई छुटाउन व्यापारीहरुले पनि कसरत थालेका छन् ।

- See more at: http://www.onlinekhabar.com/2014/05/196283/#sthash.rNgNq30S.dpuf
Read Full Discussion Thread for this article