Posted by: ujl May 4, 2014
कोमल
Login in to Rate this Post:     1       ?         Liked by
......कोमलले ढोका खोलिन I मैले भित्र छिर्ने बित्तिकै झोलाबाट अंगूर झिक्दै भने, "हेर मैले के ल्याइदिएको छु तिमीलाई !" उनले केहि वास्ता गरिनन् र भनिन, चिया खान्छौ? मैले पनि हुन्छ भने I उनि चिया पकाउन भान्छा तर्फ लागिन I कोमलमा आएको यो एकाएक परिवर्तनले मलाई सोच्न बाध्य तुल्यायो I अंगूर देखने बित्तिकै उनि कति खुशी हुन्थिन पहिला I त्यो खुशी आज मैले उनीमा देखिन I "केहि न केहि त पक्कै भएको हुनु पर्छ," मन मनै सोच्न थाले मैले I
हातमा चियाको कप लिएर कोमल म तिर आइन I मैले उनको हात समात्दै भने, "जानु बस न एकछिन यहाँ I " उनले चियाको एक चुस्की के लिन लागेकी थिन मैले उनलाई प्रश्न सोधे I सबै ठिकै छ बेबी? उदास देखिन्छौ नि आज भोलि? केहि भयो तिमीलाई? "छैन," उनले जवाफ दिईन I नढाटि भनन, मैले कुरा खोतल्ने प्रयाश गरे I भएको भए त भनि हाल्थे नि - उनले जवाफ दिईन I

प्रज्वललाई आज भोलि खै के भाको छ के I पहिले पहिले पोलेको आलू कति मिठो मानि मानि खान्थ्यो तर आज भोलि जिन्दगि नै पोलेको आलू भाको छ भन्छ I बिहा भाको यतिका बर्ष सम्म उ एस्तो थिएन I तर आज भोलि उसमा निकै परिवर्तन आको छ I

प्रज्वल र मेरो विवाह सात वर्ष आघि धापासीमा धुमधाम संग भएको हो I नेपाली परम्परा अनुसार माघी बिहा गरेको हामी दुइ दम्पत्ति को जीवनमा निकै उतार-चडावहरू आए तर पनि हाम्रो मायाको गाडी निरन्तर रुपले बडी रहेको छ I उसको नाम मात्र प्रज्वल होइन, उसको मिजास पनि प्रज्वल-मय छ I तर आज भोलि उसमा त्यो प्रकाश देख्दिन म I खै कसको आँखा लाग्यो कुन्नि I अब अस्ति कत्ति माया गरेर पोलेको आलू दिदा व्यर्थमा रिसायो ऊ I
फेरी आज अफिस बाट फर्कदा झोला भरि के विदी अंगूर किनेर ल्याको ! उसले येतिका अंगूर किनेको मैले कहिले पनि देखेकी थिन I मेरो हात समातेर जानु भन्दै थियो ! उसले मलाई जानु कहिले पनि भन्दैन थियो; फेरी आज के भयो उसलाई? एकाएक यो परिवर्तन किन आयो उसमा?

अफिस जान तयार हुदै गरेको आफ्नो श्रीमानलाई कोमलले भनिन- "मैले कस्तो अचम्मको सपना देखे हिजो राति I तपाइले झोला भरि अंगूर किनेर आउनु भाको थियो I प्रज्वलले पनि सोध्यो - "के तिमीले मलाई सपनामा पोलेको आलू खान दिएकी थियौ?"

दुवै जना अक्क न बक्क परे !
Read Full Discussion Thread for this article