Posted by: gairamailo May 2, 2014
एक शिर्षक बिहिन कविता
Login in to Rate this Post:     2       ?         Liked by

तृष्णाले मलाई डोर्याई रयो
मायाको भुमरीमा
रित्तो छ बाटो बिछ्याए आँखा
उसैको आशमा

भ्रममा परि कल्पना बुनि
म रम्न थाले छु
थाहा नै नपाई
म भित्र भित्रै गल्न पो थालेछु

जानिन मैले लगाउन माया
आएन पोख्नलाई
अन्तमा बोलि फुट्न त फुट्यो
तर छोएन मनलाई

साचो प्रेम सजिलै चिन्न
कसले पो सक्छ र
नलागी घाऊ मुटुमा
कबि को बन्न सक्छ र?
नलागी घाऊ मुटुमा 
कबि को बन्न सक्छ र?


धन्यबाद |
Last edited: 02-May-14 08:35 PM
Read Full Discussion Thread for this article