Posted by: YoTaBhayanaNiSom May 1, 2014
ढुकुर आतंक मुर्दाबाद|
Login in to Rate this Post:     0       ?        
http://www.onlinekhabar.com/2014/04/193578/

बलात्कार आरोपमा एकै घरका हजुरबादेखि नातीसम्म जेलमा
२०७१ वैशाख १६ गते ९:५५ मा प्रकाशित 4954 7 0२४ बषिर्य महिलालाई बलात्कार गरेको अभियोगमा एकै परिवारका हजुरबादेखि नातीसम्म जेल परेका छन् ।

इन्डोनेसियाकी एक घरेलु महिला कामदारलाई बलात्कार गरी ‘यौन दासी’ बनाएको अभियोगमा ताइवानको एक परिवारका तीन पुस्तालाई जेल पठाइएको छ ।

ती महिलालाई सुरुमा हजुरबाले यौन दुब्र्यबहार गरेका थिए । एक दिन भुई पुछिरहेका बेला ती बृद्धले पछाडीबाट आएर उनीमाथि आक्रमण गरेका थिए । त्यसपछि उनले मुख मैथुन गर्न बाध्य बनाएको र अन्तिममा बलात्कार गरेको ती महिलाले बताइन् ।

उजुरी गरे इन्डोनेसिया नै फिर्ता पठाइदिने भन्दै उनले त्यसपछि हप्तामा एक दुईपटकका दरले यौन शोषण गरेको उनले बताइन् । हरेक सम्र्पकपछि उनले ती महिलालाई १६ डलर दिएर फकाउने गरेका थिए ।

त्यसपछि उनका ४५ बषिर्य छोराले पनि उनीमाथि यौन शोषण गर्न थाले, अन्तिममा पालो आयो १५ बषिर्य किशोरको । उनले पनि यी घरेलु कामदारलाई यौन दासी बनाउन बाँकी राखेनन् ।

जब यी महिलाले पैसा जम्मा गरेर आफुलाई काम लगाउने दलालको पैसा फिर्ता गरिन अनि मात्र उनले कानुनी उपचार खोजिन् ।

अदालतमा यी हजुरबादेखि नातीसम्मले आफुहरुले पैसा दिएर यौन सम्पर्क राखेको र त्यसमा उनी राजी रहेको दावी गरेका थिए । तर अदालतले त्यसलाई मानेन् ।

४३ पटक बलात्कार गरेको अभियोगमा हजुरबालाई १० बर्ष, ३५ पटकको अभियोगमा छोरालाई ९ बर्ष र ३ पटक बलात्कार गरेको अभियोगमा नातीलाई पुर्नस्थापना केन्द्र पठाउने अदालतले फैसला गरेको छ ।

-एजेन्सीको सहयोगमा

Read Full Discussion Thread for this article