Posted by: daum April 30, 2014
4 लाईन er
Login in to Rate this Post:     0       ?        
YTBN सोम जी,
ज्ञाने र पारस साँचै प्राण भन्दा प्यारो? :)

थाहा छैन जी,
कोशिश अति राम्रो लाग्यो .... "प्रीति" क कुरा मिठो हुन्छ भन्छन .... जेरी जस्तै ... अझै जाओस न.
अनि सम का अरु पनि छन् भने साता सात गरम.

ठुल्दाई,
Classic गयो नि माधव घिमिरेको .... दाईको ओरिजेनल पिस पनि पस्कनुस न .

GC जी,
धेरै राम्रो कोशिश ... तपाईको फर्स्ट कविताले भूपी शेरचन को सेल्फ पोट्रेट कविता याद दिलायो

कालीको पोइ जी,
तपाइलाई नि भूल मिठो लाग्ने रहेछ हगि ? एक दिन संगै हरियो पर्दा भाको भट्टी भित्र संगै टेबलमा बस्नु पर्ला.

लामोपुरी जी,
जवानी लै यसरि ब्यर्थै फाल्नु भन्दा .... फुल्न दिउन ...... माला र प्रिती संगै गास्नु पर्यो नि .... कि कसो? ... तपाईको प्रेम सदा अमर रहोस.....

गोर्खाली केटो जी,
कुन ब्रान्ड हो आज...... ४४% वाला जस्तो छ ....

behoove me जी,
तपाईको आर्टिकल कैले कहिँ पढ्थे.... सारै रसिला हुन्थे .... कुनै कुनै भने सिसिको आचार जस्तै ... ठ्याक्कै .... पछि पढेनि मिठो/ नुनिलो/ अमिलो/ गुलियो सबै स्वाद आउने..

सोझोकेटो,
ब्रो, साचिकै सोझो रैछ.... ब्रो किन लाइन मा नबसेको नि? एक दिन पालो आउछ कि ... के थाहा ...
Read Full Discussion Thread for this article